• होमपेज
  • प्रवासमा श्रम गरि सामाजिक सेवामा कोरियाका नेपाली, कन्सर्ट गरि बचाएको पैसाले दुर्गमका विद्यार्थीलाई छात्रवृत्ती
प्रवास

प्रवासमा श्रम गरि सामाजिक सेवामा कोरियाका नेपाली, कन्सर्ट गरि बचाएको पैसाले दुर्गमका विद्यार्थीलाई छात्रवृत्ती

कमला केसी
दक्षिण कोरिया
प्रवासमा श्रमगरि निस्कने फुर्सदको समय नेपाल र नेपालीको सेवामा खर्च गर्ने उदेश्यका साथ दक्षिण कोरियामा विभिन्न संघसंस्थाहरु स्थापना गरिएको छ । जिल्ला, प्रदेश, हुँदै बिभिन्न जातजातिहरुका संघसंस्थाहरु आफुले सकेजति सक्रिय भएर काम गरिरहेका छन ।

बेलाबखत बिदाको समय पारेर यहाँ आयोजना हुने कार्यक्रमहरु केहिन केहि उदेश्यका साथ सप्पन्न हुने गरेका छ्न तर सबै संस्थाले आफ्नो उदेश्य अनुरुप काम गर्न नसकेपनि यहाँ स्थित रामेछाप सम्पर्क समितीले आफ्नो उदेश्य अनुरुप पन्ध्रलाखको अक्षयकोश खडा गरेर त्यसैको ब्याजबाट प्रत्येक बर्ष विपन्न एबं जेहन्दार बिद्यार्थीहरुका लागी छात्रवृत्ति उपलब्ध गराउदै आईरहेको अध्यक्ष नविन श्रेष्ठले जानकारी दिनुभएको छ ।

विज्ञापन

२०१६ मा स्थापना भएको संस्थाले कोरियामा रहेको नेपाली समाजमा अन्य संघ संस्थासंगै सहकार्य हातेमालो गर्दै सामाजिक कार्यमा निरन्तर अघि बढिरहेको छ । संस्थाले कोरियामा रहेका नेपाली समुदायमा भैपरि आउने आपत बिपत सुख दुस्ख मा मात्रै नेपालमा पनि विभिन्न सामाजिक कार्यमा सहकार्य गर्दै आईरहेको छ। संस्थाले रामेछापको दुर्गम भेगको शिक्षा र स्वस्थ्यको क्षेत्रमा प्रोत्साहन गर्नको निमित्त ग्रामिण भेगको अति बिपन्न अल्प संख्यक अनाथ बालबालिकालाई छात्रबृति प्रदान गरिरहेको अध्यक्ष नविन श्रेष्ठ बताउनुहुन्छ यो संस्थाले अहिले आफ्नो चौथो कार्यकाल पुरा गर्दैछ संस्थापक अध्यक्ष गोबिन्द गौतम हुँदै लगातार दोस्रो भिम खड्का, तेस्रो कार्यकालका लागी रबि प्रताप घिसिङले नेर्तित्व गरेको संस्थाको चौथो अध्यक्ष नविन श्रेष्ठ हुनुहुन्छ ।

सिन्धुपाल्चोक र दोलखासंग मिलेर सन् २०१९ मा मंगोलियन हर्ट कन्सर्ट एन्ड सांगितिक धमाका कार्यक्रम सम्पन्न गरेको थियो सो कार्यक्रमको नारा दुर्गम भेगको शिक्षा तथा स्वास्थ्यमा लगानि गर्ने भनेको र नारा अनुसार कार्यक्रमबाट उठेको पैसाले सोहि अनुरुप काम गरिरहेको बर्तमान अध्यक्ष नबिन श्रेष्ठले जानकारी दिनुभयो । त्यति मात्रै नभएर कोरोना माहामारिको बेला रामेछापका हरेक स्थानिय तहमा रु १० लाख भन्दा बढि मुल्यको महत्वपुर्ण स्वस्थ्य सामाग्री बितरण समेत गरिएको थियो ।

संस्थालाइ नेपालमा बिधिवत रुपमा दर्ता गर्नका लागि रामेछापका कोरिया रिटर्नि अग्रजहरु लागिरहेको र छिट्टै दर्ता हुने बताउँदै संस्थालाई यहाँसम्म ल्याउन संस्थाका सल्लाहकार अग्रजहरु एवं पुर्ब अध्यक्षहरुको महत्वपूर्ण भुमिका रहेको भन्दै श्रेष्ठले सबैलाई धन्यवाद समेत दिनुभएको छ । अब छिट्टैनै अधिबेशन गर्न लागिरहेको संस्थाको नयाँ कार्यसमिति त्यतिकै जुझारु आउने कुरामा आफु ढुक्क रहेको श्रेष्ठले बताउनुभयो ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

Like us on facebook