• होमपेज
  • अगस्ट २०मा गण्डकी प्रदेश समाज दक्षिण कोरियाको अन्तरक्रिया
पत्रपत्रिका

अगस्ट २०मा गण्डकी प्रदेश समाज दक्षिण कोरियाको अन्तरक्रिया

कमला केसी, दक्षिण कोरिया/

गण्डकी प्रदेश समाज दक्षिण कोरियाले यहीँ आउँदो आईतवार अगस्ट २० का दिन अन्तरकृया कार्यक्रमको आयोजना गरेको छ । आफ्नो मातहतमा रहेका ११ जिल्लाहरुसँग सहकार्य र समन्वय गर्दै आइरहेको समाजले आफ्नो संस्थागत गतिविधिलाई थप जागरुक र चलायमान बनाइरहेको स्पष्ट पार्दै उक्त कार्यक्रम मार्फत् राय, सुझाव र सल्लाह संकलन गर्ने उद्धेश्यले कार्यक्रम आयोजना गरिएको समाजका अध्यक्ष प्रविण गिरीले जानकारी दिए ।

विज्ञापन

गण्डकी प्रदेश अन्तर्गतका सम्पूर्ण जिल्लाका अध्यक्ष सहित कार्यसमिति परिवार, सल्लाहकार समूह, बौद्धिक र प्रबुद्ध वर्गलाई समेट्दै आगामी कार्ययोजना तय र तर्जुमा गरिने सोही समाजका महासचिव विदुर शर्माले बताए ।

गण्डकी प्रदेश समाज दक्षिण कोरियाद्धारा आयोजित उक्त अन्तर्क्रिया तथा सम्मान कार्यक्रममा उपस्थित भई कार्यक्रम सफल बनाइदिनु हुन कोरियास्थित सम्पूर्ण दाजुभाई, दिदीबहिनीहरु र शुभचिन्तक महानुभावहरुमा आयोजक संस्थाले हार्दिक अनुरोध गरेको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook