• होमपेज
  • तपाईं टिकटक चलाउनु हुन्छ ? यस्तो छ, खुसीको खबर !
सूचना-प्रविधि

तपाईं टिकटक चलाउनु हुन्छ ? यस्तो छ, खुसीको खबर !

के तपाइँ टिकटक चलाउनु हुन्छ? भिडियो शेयरिङ प्ल्याटफर्म टिकटकले अब प्रयोगकर्ताहरुको सहजताका लागि तीन मिनेटसम्मको भिडियो अपलोड गर्न सकिने भएको छ ।

अहिलेसम्म टिकटक प्रयोगकर्ताहरुले १५ सेकेन्डदेखि एक मिनेटसम्मको भिडियो मात्रै अपलोड गर्दै आएका थिए । टिकटकले अब भने तीन मिनेटका भिडियो बनाएर राख्न सक्नेगरी फिचर ल्याएको हो ।

विज्ञापन

यसमा तीन मिनेटसम्मको फिल्म ट्रेलर र गीतहरु पनि राख्न सकिने छ । नयाँ सेवा प्राप्त गर्नका लागि एप अपडेट गर्नुपर्ने बताइएको छ । नयाँ सेवा शुरुपछि प्रयोगकर्तालाई अझै बढी भिडियो अपलोड र कन्टेन्ट ल्याउनका लागि प्रोत्साहित गर्ने टिकटकले जनाएको छ ।

टिकटक पछिल्लो समयमा सर्वाधिक रुचाइएको भिडियो शेयरिङ एप हो ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook