• होमपेज
  • फलेवास नगरपालिकाको कोरोना कोषमा सहकारीको पहलमा सहयोग हस्तान्तरण
द्रुत खबर बिशेष

फलेवास नगरपालिकाको कोरोना कोषमा सहकारीको पहलमा सहयोग हस्तान्तरण

पर्वतको फलेवास नगरपालिकामा रहेको दुई महिला उद्यमी सहकारीको पहलमा फलेवास नगरपालिकाको कोरोना कोषमा सहयोग गरेकाछन् ।

फलेवास नगरपालिका १० कुर्घामा रहेको हराभरा सामाजिक उद्यमी सहकारी र ठानामौला सहकारीको पहलामा हेफर प्रोजेक्ट ईन्टरनेशनल र भिमपोखरा युवा क्लबमार्फत ८ लाख ७५ हजार रकम सहयोग गरेको हो ।

विज्ञापन

उक्त रकम फलेवास नगरपालिकाले संचालन गरेको कोरोना कोषमा जम्मा हुने गरि नगर कार्यपालिकालाई हस्तान्तरण गरेको हराभरा सामाजिक उद्यमी सहकारीका अध्यक्ष शोभा क्षेत्रीले जानकारी दिनुभयो ।

उपचार गर्न नसक्ने अशक्तहरु र नगरपालिकाले संचालन गरेको कोरोना अस्पतालमा अवश्यक उपकरण खर्च गर्न सहयोग पुग्ने भएकाले आँफूहरुले पहल गरेको क्षेत्रीले जानकारी दिनुभयो ।

फलेवास नगरपालिकाले कोरोना नियन्त्रण र रोकथामका लागि कोष स्थापना गरेर अभियान संचालन गरेको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

Like us on facebook