• होमपेज
  • सिन्धुपाल्चोक बाढीमा परी ७ जनाको मृत्यु, क्षतिको पुरा विवरण आउन बाँकी
Breaking News

सिन्धुपाल्चोक बाढीमा परी ७ जनाको मृत्यु, क्षतिको पुरा विवरण आउन बाँकी

काठमाडौं । सिन्धुपाल्चोककोमेलम्ची र ईन्द्रावती नदीमा मंगलवार आएको बाढीमा परी सात जनाको मृत्यु भएको छ ।

सिन्धुपाल्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी अरुण कुमार पोखरेलले बाढीमा परी सात जनाको मृत्यु भएको बताए । अन्य के कति मानविय क्षति भयो भन्ने पुरा विवरण आइनसकेको उनले बताए ।

विज्ञापन

बाढीमा परी मानिसहरु बेपत्ता भएका छन् । बाटो, सडक, पुल तथा घरहरु पनि क्षतविक्षत भएका छन् ।

सरकारले हेलिकप्टरमार्फत् उद्धार तथा राहत गर्न लागिरहेको प्रमुख जिल्ला अधिकारी पोखरेलले जानकारी दिए ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook