• होमपेज
  • २० हजार मूल्यमा ६४ मेगापिक्सेल क्यामेरा भएको स्मार्टफोन, १६ जीबीसम्म र्‍याम बढाउन मिल्ने
अर्थ खबर

२० हजार मूल्यमा ६४ मेगापिक्सेल क्यामेरा भएको स्मार्टफोन, १६ जीबीसम्म र्‍याम बढाउन मिल्ने

काठमाडौं । नेपाली बजारमा बेन्कोको नयाँ स्मार्टफोन ‘बेन्को एसवन प्रो’ (Benco S1 Pro) सार्वजनिक भएकाे छ । कम्पनीले शुक्रबार सस्तो मूल्यमा विभिन्न फिचर उपलब्ध भएको यो फोन नेपाली उपभोक्ताका लागि सार्वजनिक गरेको हो ।

एसवन (S1) को तुलनामा एसवन प्रोमा कम्पनीले स्टोरेज बढाउनेदेखि लिएर क्यामेरा र ब्याट्रीमा सुधार गरेको छ ।

विज्ञापन

कम्पनीले एसवन प्रोमा ६.८ इन्चको फूलएचडी प्लस पन्च होल डिस्प्ले दिएको छ । ​फोनमा भएकाे फिङ्गरप्रिन्ट सेन्सरले ०.१ सेकेन्डमै फोन अनलक गर्ने कम्पनीको दाबी छ ।

महत्त्वपूर्ण विशेषताका रूपमा यसमा ६४ मेगापिक्सेल सहितको एआई ट्रिपल क्यामेरा सेटअप छ । त्यस्तै सेल्फीको लागि १६ मेगापिक्सेलको क्यामेरा छ ।

एआई ब्युटी फिचरको साथमा यो फोन सोसल मिडिया इन्फ्लुएन्सरको लागि निकै उपयोगी हुने कम्पनीले बताएको छ ।

यो फोन ८ जीबी र्‍याम तथा १२८ जीबी स्टोरेज भेरियन्टमा उपलब्ध हुनेछ । कम्पनीका अनुसार प्रयाेगकर्ताले थप ८ जीबी भर्चुअल र्‍यामका रूपमा पाउनेछन् ।

फोनमा ३३ वाटको फास्ट चार्जिङ सपोर्ट सहितको ५००० एमएएचको ब्याट्री छ । कम्पनीका अनुसार यो फोन ३० मिनेटभित्रै ६० प्रतिशत चार्ज हुन्छ भने फूल चार्ज हुन फोनलाई ५७ मिनेट लाग्छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook