• होमपेज
  • पर्वतमा कोरोनाबाट ३ जनाको मृत्यु
गण्डकी प्रदेश

पर्वतमा कोरोनाबाट ३ जनाको मृत्यु

पर्वत ।  सोमबार पर्वतमा कोरोनाबाट ३ जनाको मृत्यु भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयको कोरोना सम्बन्धी दैनिक विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका प्रदेशमा पछिल्लो २४ घण्टामा गण्डकीमा थप २४ जना संक्रमितको मृत्यु पुष्टि भएको छ । आज मृत्यु पुष्टि हुनेमा कास्कीका नौ जना, म्याग्दीका एक जना, पर्वतका तीन जना, गोरखाका एक जना, लमजुङका एक जना, तनहुँका दुई जना, बाग्लुङका एक जना, स्याङ्गजाका पाँच जना र नवलपुरका एक जना छन् ।                                                  त्यस्तै निर्देेेशनालयका अनुसार  १ हजार ६७७ जनाको नमुना परीक्षण गरिएकोमा थप ८५९ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।

विज्ञापन

आज संक्रमण पुष्टि हुनेमा प्रदेशका नौ जिल्लाका छन् । जसअन्तर्गत कास्कीका ४०८ जना, तनहुँका २३ जना, मनाङका पाँच जना, लमजुङका ७९ जना, र नवलपुरका १४२ जना छन् ।

यस्तै, स्याङ्गजाका ३५ जना, पर्वतका २१ जना, बाग्लुङका ६२ जना र म्याग्दी जिल्लाका ८४ जनामा कोरोना पुष्टि भएको जारी विज्ञप्तिमा जनाइएको छ।

आज पुष्टि भएका संगै गण्डकीमा कोरोना संक्रमितको कुल संख्या २९ हजार ४१ पुगेको छ।

यस्तै, पछिल्लो २४ घण्टामा गण्डकीबाट २०३ जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या १९ हजार ९६८ पुगेको छ।

 

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै