• होमपेज
  • ओली – नेपालको वार्ता टोलीको बैठक अनिश्चित, के हुँदैछ एमालेको विवाद?
Breaking News

ओली – नेपालको वार्ता टोलीको बैठक अनिश्चित, के हुँदैछ एमालेको विवाद?

काठमाडौं : नेकपा एमालेको विवाद मिलाउन गठित वार्ता टोलीको बैठक अनिश्चित भएको छ। आइतवार गठन भएको वार्ता टोलीलाई तीन दिन समयसीमा तोकिएको थियो। तीन दिन बित्दा पनि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाल समूहको वार्ता टोलीको बैठकबारे कुनै टुंगो नलागेको हो।

ओली समूहका वार्ता टोलीका नेतृत्व सम्हालिरहेका स्थायी कमिटी सदस्य सुवास नेम्बङले बैठकबारे एकिन नभएको बताए। ‘मैले प्रयास त गरिरहेको छु। अहिले नै कहिले बस्ने भन्ने टुंगो छैन,’ उनले भने।

विज्ञापन

नेपाल समूहका वार्ता टोलीका सदस्य रघुजी पन्तले पनि वार्ताबारे जानकारी नभएको बताए। ‘वार्ताबारे जानकारी छैन्,’ उनले भने।

आइतवार ओली नेपालले ५/५ सदस्यीय वार्ता टोली बनाएका थिए। टोलीमा नेपाल समूहबाट रावलको नेतृत्वमा घनश्याम भुसाल,गोकर्ण बिष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त छन् भने ओली समूहबाट सुवास नेम्बाङको नेतृत्वमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल छन्।

एमालेको विवाद वार्ताटोलीमार्फत मिलाउन र पार्टीलाई २०७५ जेठ २ गते फर्काउन ओली नेपाल सहमत भएका थिए। उक्त सहमति भएको भए पनि नेपाल समूहले ओली समूह सहमतिबाट पछाडि हट्न थालेको भन्दै आशंका व्यक्त गर्न थालेका छन्। ओली समूहले भने नेपालले वार्तालाई टार्न थालेको आरोप लगाएको छ। यद्यपि नेम्बाङले भने वार्ता टोलीका सदस्य तथा लुम्बिनी प्रदेशका मूख्यमन्त्री शंकर पोखरेल काठमाडौं बाहिर भएकाले वार्ता नभएको बताए। आइतवार गठित वार्ता टोलीलाई तीन दिनको समयसीमा दिइएको थियो। उक्त समयसीमा सकिनै लाग्दा पनि वार्ता टोलीको पहिलो बैठक पनि बसेको छैन।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook