• होमपेज
  • कोरोनाबाट बागलुङमा थप दुई जनाको मृत्यु
गण्डकी प्रदेश

कोरोनाबाट बागलुङमा थप दुई जनाको मृत्यु

बागलुङ — कोरोना संक्रमणबाट बागलुङस्थित धौलागिरि अस्पतालमा मंगलबार बिहान दुई जनाको मृत्यु भएको छ ।

बडीगाड गाउँपालिका–४ की ७७ वर्षीया महिला र काठेखोला गाउँपालिका–८ का ७९ वर्षीय पुरुषको मृत्यु भएको कोभिड फोकल पर्सन देवप्रकाश घिमिरेले जानकारी दिए । दुवै जना अस्पतालको आईसीयूमा उपचाररत थिए । मंगलबार थपिएका दुईसहित बागलुङमा कोरोनाबाट मृत्यु हुनेको संख्या २६ पुगेको छ ।

विज्ञापन

मंगलबारै बागलुङमा १ सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै जिल्लामा सक्रिय संक्रमितको संख्या ८ सय ५० पुगेको छ । थपिएका मध्ये तमानखोला गाउँपालिकामा ३३, जैमिनी नगरपालिकामा ३०, काठेखोला गाउँपालिकामा १३, बागलुङ नगरपालिकामा ३८ र धौलागिरि अस्पतालमा गरिएको परीक्षणमा ३३ जना रहेको घिमिरेले जानकारी दिए ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook