• होमपेज
  • कुश्मा नगरपालिकाको कोभिड कोषमा युवा व्यावसायी बानियाँले गरे २५ हजार सहयोग
कुश्मा नगरपालिका

कुश्मा नगरपालिकाको कोभिड कोषमा युवा व्यावसायी बानियाँले गरे २५ हजार सहयोग

पर्वत । कुश्मा नगरपालिकाले शुरुवात गरेको कोभिड राहत कोषमा पर्वतका युवा व्यावसायि सुनिल थापा बाँनियाले २५ हजार सहयोग गरेका छन् ।

नगरपालिकाले कोभिडका विरामीहरुको उपचारलाई लक्ष्यित गरि शुरु गरेको कोषमा बानियाँले नगर प्रमुख रामचन्द्र जोशीलाई नगद हस्तान्तरण गरेका हुन्।

विज्ञापन

राहत कोषमार्फत नगरपालिका भित्रका कोभिड रोगबाट संक्रमीत भएकाहरुको उपचारमा खर्च गर्ने गरी कोषको स्थापना गरिएको नगरप्रमुख रामचन्द्र जोशीले जानकारी दिए ।

उक्त कोषमा सहयोग रकम संकलन गरी राहत नगरबासीको उपचारमा रकम खर्च गर्ने गरी कोषको स्थापना गरिएको नगरप्रमुख जोशीको भनाई छ ।

कुश्मामा निर्माणाधिन हार्नेस जीप लाइनका संचालक समेत रहेका बानियाँ युवा संघ नेपालका केन्द्रीय सदस्य समेत हुन् । नगरपालिकाले नेपाल वैंक पर्वतको खाता नम्बर ०६६०३०००००७००२०००००२ मा सहयोग रकम उपलब्ध गराउन पनि नगरबासीलाई अनुरोध गरेको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook