• होमपेज
  • पर्वतमा एकै दिन २० जना संक्रमितले कोरोनालाई जिते, निको हुनेको संख्या ४८
Uncategorized

पर्वतमा एकै दिन २० जना संक्रमितले कोरोनालाई जिते, निको हुनेको संख्या ४८

पर्वत ,असार २३ / पर्वत जिल्लामा मंगलबार एकै दिन २० जना कोरोना संक्रमित निको भएका छन ।
कोरोना संक्रमण पुष्टि भएपछि पर्वतको कुस्मा स्थित अस्थायी कोरोना अस्पतालमा उपचार गराइरहेका २० जनाले कोरोना जित्न सफल भएका हुन । उपचार पछि निको हुनेमा संक्रमण पुष्टि भएर ३४ दिन सम्म अस्पतालमा उपचार गराईरहेका समेत छन ।
गण्डकी स्वास्थ्य बिज्ञान प्रतिष्ठान पोखरा र प्रदेश क्षयरोग केन्द्रको ल्याबमा गरिएको परिक्षणमा २० जना संक्रमितको पिअिसार रिर्पोट नेगेटिभ आएको छ । रिर्पोट नेगेटिभ आएकाहरुलाई मंगलबार र बुधबार बिदाई गर्ने तयारी भएको पर्वत अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. शिशिर देबकोटाले जानकारी दिनुभयो । पर्वतमा आइसोलेसनमा रहेका ६२ संक्रमित मध्ये ४२ जना मात्रै उपचार गराइरहेका छन । उपचार गराईरहेका कुनै पनि बिरामीमा कोरोनाको लक्षण देखिएको छैन । उनीहरुमा सामान्य पनि स्वास्थ्य समस्या नदेखिएको डा. देबकोटा बताउनुहुन्छ । पर्वतमा अहिले सम्म २८ जना संक्रमित निको भएर घर फर्केका छन भने संक्रमितको संख्उा ९० रहेको छ ।
पर्वतमा मंगलबार आइसोलेनमा रहेका बिरामी सहित ४३ जनाको रिर्पोट नेगेटिभ आएको छ । नेगेटिभ आएकाहरुमा बिदेशबाट फर्केपछि पुलिङ्ग क्वारेन्टाईनमा रहेका १३ जना, नेपाल प्रहरीका २ जना, ३ जना स्वास्थ्यकर्मी , कुस्मा नगरपालिकाका ३ जना र मोदी गाउँपालिकाका ३ जना कर्मचारी रहेको सिसिएमसीका प्रबक्ता प्रबिण भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले सम्म पर्वतमा १ हजार १ सय ३६ जनाको पिसिआर परिक्षण भएको छ । भने अहिले सम्म प्रिक्वारेन्टाईनमा १ सय ३ जना रहेका छन ।

 

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook