• होमपेज
  • थप २०४ जनामा कोरोना पुष्टि , कोरोना संक्रमितको संख्या १६ हजार नाघ्यो
स्वास्थ्य-जीवनशैली

थप २०४ जनामा कोरोना पुष्टि , कोरोना संक्रमितको संख्या १६ हजार नाघ्यो

काठमाडौं, असार २३/ पछिल्लो २४ घण्टामा थप २०४ जनामा कोरोना पुष्टि भएको छ।

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप २०४ जनामा कोरोना पुष्टि भएको बताए।

विज्ञापन

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार १६८ पुगेको छ।

पछिल्लो २४ घण्टामा ६८८ कोरोना मुक्त भएर अस्पतालबाट डिस्चार्ज भएका छन्। योसँगै नेपालमा कोरोना मुक्त हुनेको संख्या ७ हजार ४९९ जना पुगेको छ।।

नेपालमा पछिल्लो साता कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित हुनेको संख्यासँगै संक्रमणको दर पनि घटेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार १३३ नमुना परीक्षण गर्दा २०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

१७ असारमा देशभरका ल्याबमा ४ हजार ८८६ नमुना परीक्षण गर्दा ७४० जनामा संक्रमण पुष्टि भएको थियो । यो एकैदिन भेटिएको सबैभन्दा धेरै संक्रमित थियो । त्यो दिन संक्रमणको दर पनि १६.५ प्रतिशत थियो ।

त्यसयता संक्रमितको संख्यासँगै संक्रमणको दर पनि घटेको छ ।

मंगलबार संक्रमणको दर घटेर ३.३ मा आइपुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । उनले अघि भनेका छन्, ‘दिनहुँ संक्रमित हुनेहरुको प्रतिशत घटिरहेको छ ।’

कहाँ कहाँ थपिए संक्रमित ?

मन्त्रालयका अनुसार सबैभन्दा धेरै बाजुरामा ५४ जना संक्रमित थपिएका छन् । यस्तै काठमाडौंमा १४ जना, अछाम र बैतडीमा ११/११ जना, ललितपुरमा १०, महोत्तरीमा ९, धनुषा र अर्घाखाँचीका ८, डोटीका ७, मोरङ र डडेलधुराका ६/६ जनामा संक्रमण पुष्टि भएको छ ।

रुकुम पश्चिम, नवलपुर र सल्यानका ५/५ जना, सप्तरीका ४ जना, सुनसरी, गोरखा, मकवानपुर, दाङ, सुर्खेत, र सर्लाहीका ३/३ जना, तनहुँ, पाल्पा र बर्दियाका २/२ जना, झापा, सिन्धुली, सिन्धुपाल्चोक, धादिङ, भक्तपुर, कास्की, लमजुङ, नुवाकोट, पर्सा, रामेछाप, रुपन्देही, बागलुङ, कविलवस्तु, नपलपरासी र रुकुम पूर्वका एकएक जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

मन्त्रालयका अनुसार अहिले महोत्तरी, रौतहट, पाल्पा, अछाम, वैतडी र बाजुरामा ५०० भन्दा बढी संक्रमित छन् ।

चार जिल्ला कोरोना फ्रि

चार वटा जिल्ला कोरोना फ्रि भएको मन्त्रालयले जनाएको छ । प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार तेह्रथुम, भोजपुर, सोलुखुम्बु र हुम्लामा अहिले एक जना पनि कोरोना संक्रमित छैनन् ।

उनका अनुसार नेपालमा निको हुनेको संख्या पनि बढ्दो छ । मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा ६८८ जना डिस्चार्ज भएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या ७४९९ पुगेको छ ।

नेपालमा कोरोना संक्रमणबाट निको हुनेको दर ४६.३ प्रतिशत पुगेको छ ।

 

 

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook