द्रुत खबर बिशेष

फेरि प्रतिनिधिसभा विघटन, कात्तिक २६ र मङ्सिर ३ गते मध्यावधि निर्वाचनको घोषणा
फेरि प्रतिनिधिसभा विघटन, कात्तिक २६ र मङ्सिर ३ गते मध्यावधि निर्वाचनको घोषणा

मध्यराति संसद विघटन गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएर प्रतिनिधिसभा विघटनको सिफारिस गरेका हुन् । सोही अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी २६ कात्तिक र ३ मंसिरमा मध्यावधि निर्वाचन घोषणा गर्दै संसद विघटन गरेकी हुन् । संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्तिका लागि एमाले अध्यक्ष ओली र नेपाली कांग्रेस सभापति शेरबहादुर […]

  • ४ years अगाडि
एमालेका १२१ को समर्थन छ भन्दै प्रधानमन्त्रीमा ओलीको पनि दाबी
एमालेका १२१ को समर्थन छ भन्दै प्रधानमन्त्रीमा ओलीको पनि दाबी

काठमाडौं । नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले पनि प्रधानमन्त्रीमा आफ्नो पनि दाबी प्रस्तुत गरेका छन् । उनले एमालेका १२१ र जनता समाजवादी पार्टी -जसपा)का १६ सांसदको हस्ताक्षरसहित दाबी पेश गरेका हुन् । यसअघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको पक्षमा १४९ सांसद जुटेको थियो । लगतै प्रधानमन्त्रीमा दाबी गर्न विपक्षी गठबन्धनका नेताहरुसहित उनी शीतल निवास […]

  • ४ years अगाडि
प्रधानमन्त्रीले गरे राष्ट्रपतिको बचाउ
प्रधानमन्त्रीले गरे राष्ट्रपतिको बचाउ

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकारसम्मेलनमार्फत सरकार गठनका लागि २४ घण्टा समय दिने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमको बचाउ गरेका छन्। संसद पुनर्स्थापित भएदेखिनै प्रतिनिधिसभाले वैकल्पिक सरकार दिन नसकेको स्मरण गर्दै उनले राष्ट्रपतिले आज साँझसम्मको लागि दिइएको समय सही भएको प्रतिक्रिया दिएका छन्। ‘अढाई महिना पर्याप्त भएन? अढाई महिनामा भएन… तीन दिनमा भएन। हुनसक्ने हो […]

  • ४ years अगाडि
‘सरकार संसद्लाई छल्ने, संविधान र कानुन नमान्‍ने दिशामा गयो’ -संबिधानविद् आचार्य
‘सरकार संसद्लाई छल्ने, संविधान र कानुन नमान्‍ने दिशामा गयो’ -संबिधानविद् आचार्य

काठमाडौँ : मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ‘शपथसम्बन्धी अध्यादेश २०७८’ जारी गरिन् । केपी शर्मा ओलीले गत बैशाख ३१ गते संविधानको धारा ७६ को उपधारा (३) बमोजिम अल्पमतको प्रधानमन्त्रीमा लिएको शपथ विवादित भएपछि सरकारको सिफारिसमा राष्ट्रपतिले त्यससम्बन्धी अध्यादेश जारी गरेकी हुन् । प्रधानमन्त्रीको शपथ लिँदा राष्ट्रपतिल ‘म प्रतिज्ञा गर्छु’ भन्दा ओलीले ‘त्यो पर्दैन’ भनेका थिए । […]

  • ४ years अगाडि
राष्ट्रियसभा उपनिर्वाचनमा खिमलाल विजयी, बादल पराजित
राष्ट्रियसभा उपनिर्वाचनमा खिमलाल विजयी, बादल पराजित

नेकपा एमालेका नेता तथा गृहमन्त्री रामबहादुर थापा बादलले राष्ट्रियसभा उपनिर्वाचनमा पराजय बेहोरेका छन् । बिहीबार सम्पन्न बागमती प्रदेशको रिक्त राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनमा उनी खिमलाल देवकोटासँग पराजित बनेका हुन् । मतभार अनुसार बादलले ४०१४ मत ल्याउँदा खिमलालले ५०८८ मत ल्याउन सफल भए ।

  • ४ years अगाडि
राष्ट्रियसभा उपनिर्वाचन : पीपीई लगाएर शुरु भयो मतगणना, भर्चुअल रुपमा हेर्न सकिने
राष्ट्रियसभा उपनिर्वाचन : पीपीई लगाएर शुरु भयो मतगणना, भर्चुअल रुपमा हेर्न सकिने

काठमाडौं : वाग्मती प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि भएको मतदान सकिएर मतगणना शुरु भएको छ। पीपीई लगाएका गणकहरुले मतपेटिका शिल खोलेर मतगणना शुरु गरिसकेका छन्। मतगणना भर्चुअलरुपमा समेत हेर्न सकिने छ। हेटौंडास्थित भुटनदेवी माविमा बिहान ९ बजेबाट सुरु भएको मतदान कार्यक्रम अपराह्न ३ बजे सम्पन्न भएको हो। निर्वाचनमा वाग्मती प्रदेशसभा सदस्य ११० र प्रदेश अन्तर्गतका गाउँपालिका […]

  • ४ years अगाडि
सर्वोच्चको फैसला कार्यान्वयन हुन्छ -एमाले
सर्वोच्चको फैसला कार्यान्वयन हुन्छ -एमाले

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’सहित सात गैरसांसद मन्त्रीको पद गएको छ । सर्वोच्च अदालतको आदेशमा गृहमन्त्री बादलसहित संसद्को सदस्य नभएका सात मन्त्रीको पद नरहने फैसला भएको हो । बिहीबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको एकल इजलासबाट सात मन्त्रीको पद जाने फैसला भएको हो । उक्त फैसला कार्यान्वयन गर्ने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताए । आजको नेकपा (एमाले) स्थायी […]

  • ४ years अगाडि
राष्ट्रियसभा उपनिर्वाचन : ३३८ मत खस्यो, नौजना अनुपस्थित
राष्ट्रियसभा उपनिर्वाचन : ३३८ मत खस्यो, नौजना अनुपस्थित

काठमाडौं । वाग्मती प्रदेशअन्तर्गत राष्ट्रियसभामा रिक्त सदस्य पदका लागि भएको निर्वाचन सम्पन्न भएको छ । बिहीबार हेटौँडाको भुटनदेवी माविमा भएको निर्वाचनमा ३३८ जनाले मतदान गरेको सहायक मतदान अधिकृत गोविन्दप्रसाद पौडेलले जानकारी दिए । जसमा प्रदेशसभाका १०५ र स्थानीय तहका गाउँपालिका अध्यक्ष, उपाध्याक्ष, नगरपालिकाका प्रमुख, उपप्रमुख २३३ जनाले मतदान गरेको उनले बताए ।  जसमा २५ जना […]

  • ४ years अगाडि
गृहमन्त्री थापासहित सात गैर सांसद मन्त्रीको पद सर्वोच्चद्वारा खारेज
गृहमन्त्री थापासहित सात गैर सांसद मन्त्रीको पद सर्वोच्चद्वारा खारेज

काठमाडौं । सर्वोच्च अदालतले फागुन २३ को फैसलापछि माओवादीमा नफर्की एमाले बसेका र सांसद पद खारेज भएपछि पनि प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो मन्त्रिपरिषद्‍मा सातजना मन्त्रीको निरन्तरतालाई असंवैधानिक ठहर गरेको छ । रामबहादुर थापा, लेखराज भट्ट, प्रभु साह, गौरीशंकर चौधरी मणिचन्द्र थापा, दावा लामा तामाङ, टोपबहादुर रायमाझीको पद खारेज भएको हो । ‘संविधानको धारा ७८ […]

  • ४ years अगाडि
इश्वर पोखरेलका दुई मिसनः बादल हराउने, माधवको टाउकोमा दोष थोपर्ने, पार्टी एकता भाँड्ने
इश्वर पोखरेलका दुई मिसनः बादल हराउने, माधवको टाउकोमा दोष थोपर्ने, पार्टी एकता भाँड्ने

काठमाडौं । बागमती प्रदेशमा राष्ट्रियसभा उपनिर्वाचन बिहीबार हुँदैछ । राष्ट्रियसभाको उपनिर्वाचनमा एमालेका उम्मेदवार गृहमन्त्रीसमेत रहेका रामबहादुर थापा ‘बादल’ छन् । एमालेबाटै कलम चिह्न लिएर साझा उम्मेदवारका रुपमा डा. खिमलाल देवकोटा उभिएका छन् जसलाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीको समर्थन छ । एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल पक्षका देवकोटालाई विपक्षीले साझा उम्मेदवारका […]

  • ४ years अगाडि
फेरी घोटालामा मुछिए इश्वर पोख्रेल: सम्धी पछि छोरालाई भेन्टिलेटरको ठेक्का, वीर अस्पतालमा बिजोग
फेरी घोटालामा मुछिए इश्वर पोख्रेल: सम्धी पछि छोरालाई भेन्टिलेटरको ठेक्का, वीर अस्पतालमा बिजोग

काठमाडौं- देशमा महामारीले दिनहुँ दर्जनौ मानिसको मृत्यु भइरहेका बेला उपप्रधानमन्त्री इश्वर पोख्रेल फेरी घोटालामा मुछिएका छन् । अघिल्लो पटक स्वास्थ्य सामग्री खरिदमा ओम्नी समूहसँग कमिसनमा जोडिएका उनी यसपटक आफ्नै छोराको कम्पनीलाई भेन्टिलेटर खरिदमा दवाव दिएको काण्डमा मुछिएका हुन् । प्राप्त जानकारी अनुसार बीर अस्पतालको नयाँ ५ सय सैयाको अस्पतालका लागि आवस्यक पर्ने भेण्टिलेटर खरिद गर्ने […]

  • ४ years अगाडि
पिएका श्रीमतीदेखि बहिनीलाई नियुक्ति
पिएका श्रीमतीदेखि बहिनीलाई नियुक्ति

काठमाडौं । सत्तामा हुनेहरूले देशमा कतिसम्म लुट चलाइरहेका छन् भन्ने कुरा एक मन्त्रीका पिएको गतिविधिबाट पनि थाहा हुन्छ । कृषि तथा पशुपंक्षी विकासमन्त्री पद्माकुमारी अर्यालका स्वकीय सचिवले बहिनीदेखि श्रीमतीसम्मलाई सरकारी नियुक्ति दिलाएका छन् । मन्त्री अर्यालको सचिवालयका कार्यरत उपसचिव टेकनारायण लुइँटेलले हालै आफ्नी श्रीमती पुष्पा भुसाललाई राष्ट्रिय किसान आयोगमा नियुक्त गराएका हुन् । वैशाख २० […]

  • ४ years अगाडि