• होमपेज
  • प्रधानमन्त्रीले गरे राष्ट्रपतिको बचाउ
Breaking News

प्रधानमन्त्रीले गरे राष्ट्रपतिको बचाउ

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकारसम्मेलनमार्फत सरकार गठनका लागि २४ घण्टा समय दिने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमको बचाउ गरेका छन्।

संसद पुनर्स्थापित भएदेखिनै प्रतिनिधिसभाले वैकल्पिक सरकार दिन नसकेको स्मरण गर्दै उनले राष्ट्रपतिले आज साँझसम्मको लागि दिइएको समय सही भएको प्रतिक्रिया दिएका छन्।

विज्ञापन

‘अढाई महिना पर्याप्त भएन? अढाई महिनामा भएन… तीन दिनमा भएन। हुनसक्ने हो भने चौबिस घण्टामा दलहरू मिलेर जाँदा होला नि। गए वैकल्पिक सरकार बनाए भयो। कुनै पनि षडयन्त्र होइन यो। तपाईँहरू वैकल्पिक सरकार बनाउनुस् मेरो रचनात्मक सहयोग हुनेछ,’ उनले भने।

उनले विपक्षी दलका केही नेताको पछिल्लो कदमका लागि राष्ट्रपतिविरुद्ध महाभियोग दर्ता गराउनुपर्ने धारणा राखिरहेको भन्दै राष्ट्रपति गणतान्त्रिक संस्था भएकोले राष्ट्रपतिको विरोध गर्नु गणतन्त्रविरोधी काम भएको बताए।

‘राष्ट्रपतिलाई महाभियोग लगाउने आक्रोश कुण्ठा के हो यो? प्रधानमन्त्रीलाई ल्याउन? संविधानले मन्त्रिपरिषद्को सिफारिस जे जान्छ त्यो राष्ट्रपतिले गर्नुपर्छ भनेर लेखेको छ। राष्ट्रपतिको विरोध गणतन्त्रमाथिको प्रहार हो,’ उनले भने।

उनले राष्ट्रपतिको संवैधानिक सीमा रहेको भन्दै सरकारले गरेका निर्णयका बारेमा आफू जिम्मेवार रहने बताए। सरकारका निर्णयको परीक्षण न्यायपालिका गर्न सक्ने उनले बताए।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook