• होमपेज
  • परिस्थिति हेरेर निर्णय लिने जिम्मा माधव नेपाललाई
Breaking News

परिस्थिति हेरेर निर्णय लिने जिम्मा माधव नेपाललाई

काठमाडौं । नेकपा एमालेको खनाल–नेपाल समूहले परिस्थिति हेरेर निर्णय लिने जिम्मेवारी नेता माधवकुमार नेपाललाई दिएको छ । स्थायी कमिटी सदस्य युवराज ज्ञवालीका अनुसार संविधान र लोकतन्त्र जोगाउनका लागि आफूहरुले खेल्ने भूमिकाका बारेमा निर्णय लिने जिम्मा नेता नेपाललाई दिइएको हो ।

“मुख्य कुरा संसद् विघटन हुने दिशामा मुलुक नआओस् भन्ने कुरामा ध्यान दिनुपर्छ । संसद विघटन गर्ने, संविधान मासिने, चुनावको मिति घोषणा हुने, चुनाव पनि नहुने यो स्थिति नआओस् ,” उनले भने,“त्यो अवस्था आउन नदिन र लोकतन्त्र, संविधान जोगाउन के गर्नुपर्छ ।  त्यो भूमिका खेल्नुपर्छ । निर्णय लिने जिम्मा नेता नेपाललाई दिएका छौं ।”

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

Like us on facebook