• होमपेज
  • सर्वोच्चको फैसला कार्यान्वयन हुन्छ -एमाले
Breaking News

सर्वोच्चको फैसला कार्यान्वयन हुन्छ -एमाले

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’सहित सात गैरसांसद मन्त्रीको पद गएको छ । सर्वोच्च अदालतको आदेशमा गृहमन्त्री बादलसहित संसद्को सदस्य नभएका सात मन्त्रीको पद नरहने फैसला भएको हो ।

बिहीबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको एकल इजलासबाट सात मन्त्रीको पद जाने फैसला भएको हो । उक्त फैसला कार्यान्वयन गर्ने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताए ।

विज्ञापन

आजको नेकपा (एमाले) स्थायी कमिटी बैठकको निर्णय सुनाउने क्रममा उनले सञ्चारकर्मीसँग भने, “अदालतको फैसलका बारेमा हाम्रो एउटै भनाइ हो, अदालतको फैसलामा फरक राय हुन सक्छन् । तर, फैसलको कार्यान्वयन गर्नु हाम्रो कर्तव्य हो । हामी कार्यान्वयन गर्छौँ ।”

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

Like us on facebook