• होमपेज
  • राष्ट्रियसभा उपनिर्वाचन : ३३८ मत खस्यो, नौजना अनुपस्थित
Breaking News

राष्ट्रियसभा उपनिर्वाचन : ३३८ मत खस्यो, नौजना अनुपस्थित

काठमाडौं । वाग्मती प्रदेशअन्तर्गत राष्ट्रियसभामा रिक्त सदस्य पदका लागि भएको निर्वाचन सम्पन्न भएको छ ।

बिहीबार हेटौँडाको भुटनदेवी माविमा भएको निर्वाचनमा ३३८ जनाले मतदान गरेको सहायक मतदान अधिकृत गोविन्दप्रसाद पौडेलले जानकारी दिए ।

विज्ञापन

जसमा प्रदेशसभाका १०५ र स्थानीय तहका गाउँपालिका अध्यक्ष, उपाध्याक्ष, नगरपालिकाका प्रमुख, उपप्रमुख २३३ जनाले मतदान गरेको उनले बताए ।  जसमा २५ जना कोरोना संक्रमित मतदाताले मतदान गरेका छन् ।

वाग्मतीमा प्रदेशसभातर्फ ११० र स्थानीयतर्फ २३८ गरी ३४८ मतदाता थिए । जसमा प्रदेशसभा सदस्य पशुपति चौलागाईंको मृत्यु भएको थियो ।

आजको निर्वाचनमा प्रदेशका चार र स्थानीय तहका पाँचजना मतदाता अनुपस्थित भएका छन् ।

उपनिर्वाचनमा तीनजना उमेदवार छन् । नेकपा (एमाले)का तर्फबाट गृहमन्त्री रामबहादुर थापा ‘बादल’, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपाको तर्फबाट डा. खिमलाल देवकोटा र नेपाल मजदुर किसान पार्टी (नेमकिपा)बाट कृष्णबहादुर तामाङ उमेदवार रहेका छन् । बादल र खिमलालबीच मुख्य प्रतिष्पर्धा छ ।

मतदानको अन्तिम नतिजा आजै भर्चुअल माध्यमबाट सार्वजनिक गर्ने तयारी रहेको पौडेलले जानकारी दिए ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook