Breaking News

सम्झौता समय सकियो, प्रगति ४२ प्रतिशत मात्रै
सम्झौता समय सकियो, प्रगति ४२ प्रतिशत मात्रै

पर्वत। राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर आयोजनामा पर्ने मालढुंगा–बेनी सडक स्तरोन्नतिको काम ठप्प भएपछि पर्वतबाट प्रतिनिधि सभाका सदस्य तथा नेकपा (एमाले) का प्रमुख सचेतक पदम गिरीले सडकको अनुगमन गर्नुभएको छ । सम्झौता अवधि सकिँदा पनि ४२ प्रतिशत मात्रै कामको प्रगति भएको र सडकको स्तरोन्नति नहुँदा यात्रुहरुले सास्ती बेहोर्नुपरेको गुनासो आएपछि गिरी नेतृत्वमा पर्वतका प्रमुख जिल्ला अधिकारी […]

  • २ years अगाडि
माधब नेपालको कार्यकर्तालाई निर्देशन : कि काम गर्नुस्, कि बाटो छोड्नुहोस्
माधब नेपालको कार्यकर्तालाई निर्देशन : कि काम गर्नुस्, कि बाटो छोड्नुहोस्

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीलाई बलियो बनाउन नेता, कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । शुक्रबार पोखरामा आयोजित समाजवादी मोर्चा, नेपालको सन्देश सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एकीकृत समाजवादी पार्टीलाई बलियो बनाउन पार्टीका नेता, कार्यकर्ताहरुलाई निर्देशन दिए । पार्टीलाई बलियो बनाउँदै समाजवादी मोर्चालाई पनि गतिशील बनाउन उनको आग्रह थियो । एकीकृत समाजवादी […]

  • २ years अगाडि
विप्लव संसद्‌ छिर्न खोज्दै छ भनेर दुष्प्रचार भयो, त्यो भ्रम कहिल्यै सफल हुँदैन : विप्लव
विप्लव संसद्‌ छिर्न खोज्दै छ भनेर दुष्प्रचार भयो, त्यो भ्रम कहिल्यै सफल हुँदैन : विप्लव

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले संसद् क्रान्तिको साधन मात्रै भएको बताएका छन् । समाजवादी मोर्चाको सभालाई शुक्रबार पोखरामा सम्बोधन गर्दै उनले आफूलाई संसद्‌मा प्रवेश गर्न लागेको भनेर दुष्प्रचार गरिएको बताए । आफूलाई संसद्‌मा छिर्न खोजेको भनेर बजारमा भ्रम फैलाइए पनि त्यो कहिल्यै सफल नहुने उनले बताए । ‘हाम्रो पार्टीबारे बजारमा हल्ला चलिरहेको छ, […]

  • २ years अगाडि
ललिता निवास प्रकरणमा माधव नेपालले दिए यस्तो बयान
ललिता निवास प्रकरणमा माधव नेपालले दिए यस्तो बयान

काठमाडौं :पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले ललिता निवास जग्गा प्रकरणमा लिखिज जवाफ पेश परेका छन्। उनले मन्त्रिपरिषदमा पेस हुने प्रस्ताव कानुन बमोजिम पेस भएको छ भन्ने विश्वासमा निर्णय हुने गरेको उल्लेख गरेका छन्। काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा पेस गरेको अभियोगमा पत्रमा पूर्वप्रधानमन्त्री नेपालले असल मनसायका साथ उक्त […]

  • २ years अगाडि
वाग्मती नदीमा र्‍याफ्टिङ (तस्वीरहरू)
वाग्मती नदीमा र्‍याफ्टिङ (तस्वीरहरू)

काठमाडौं । वाग्मती नदीमा र्‍याफ्टिङ गराइएको छ । बर्खाको भेलसँगै आज बिहान र्‍याफ्टिङ गराइएको हो । नेपाल पर्यटन बोर्ड र नेपाल एशोसिएसन अफ र्‍याफ्टिङ एजेन्सिज (नारा)को संयोजनमा र्‍याफ्टिङ गराइएको हो । दर्जनौं बोटबाट कुपोन्डोलदेखि सुन्दरीघाटसम्म जल विहार गराइएको हो ।

  • २ years अगाडि
सुनकाण्डमा दावाको बयान : एमाले उपाध्यक्षद्वय इश्वर र बादलका छोरा व्यवसायिक पार्टनर !
सुनकाण्डमा दावाको बयान : एमाले उपाध्यक्षद्वय इश्वर र बादलका छोरा व्यवसायिक पार्टनर !

हङकङ हुँदै नेपालमा सुन तस्करी गरेको आरोपमा पक्राउ परेका तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङले तीन व्यापारिक साझेदारको नाम खुलाएका छन्। ६० किलो ७ सय १६ ग्राम सुन तस्करी सम्बन्धमा गरिएको सोधपुछका क्रममा उनले केही वर्ष अघिबाटै नेपालका शीर्ष नेताका निकटस्थ व्यक्तिहरुसँग मिलेर काम गरिरहेको बताएका हुन्। उनीसँग सीआईबीले बयान लिइसकेको छ। दावासहितले ठमेलमा सञ्चालन […]

  • २ years अगाडि
गिरीबन्धु जग्गा प्रकरणमा अनुसन्धान सुरु हुन्छ : प्रधानमन्त्री
गिरीबन्धु जग्गा प्रकरणमा अनुसन्धान सुरु हुन्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गिरीबन्धु टी इस्टेट्सको जग्गा प्रकरणमा पनि अनुसन्धान गर्ने बताएका छन् । सम्पादकहरुसँग काठमाडौंमा गरेको छलफलमा उनले ललिता निवास प्रकरण र भुटानी शरणार्थी प्रकरणमा जस्तै गरेर गिरीबन्धु टी इस्टेट्सको जग्गा प्रकरणमा पनि विस्तारै छानबिन हुने बताएका हुन् । केपी ओली नेतृत्वको सरकारले झापा विर्तामोडस्थित गिरीबन्धु टी इस्टेटसको नाममा रहेको ३४२ […]

  • २ years अगाडि
कक्षा १२ को नतिजा सार्वजनिक, ५१ प्रतिशत पास
कक्षा १२ को नतिजा सार्वजनिक, ५१ प्रतिशत पास

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । गत वैशाख २६ गतेदेखि जेठ ५ गते सञ्चालित उक्त परीक्षाको नतिजा मंगलबार सार्वजनिक गरेको हो । नियमित र ग्रेडवृद्धि गरी ४ लाख ४८ हजार विद्यार्थी सहभागी भएकामा करिब ५१.९१ प्रतिशत मात्र ग्रेडेड (उतीर्ण) भएका छन् । त्यस्तै ४९.०९ प्रतिशत भने […]

  • २ years अगाडि
संसद विघटन नगरेको भए हाम्रो आन्दोलन ध्वस्त हुन्थ्यो : ओली
संसद विघटन नगरेको भए हाम्रो आन्दोलन ध्वस्त हुन्थ्यो : ओली

काठमाडौैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी जोगाउनका लागि प्रतिनिधिसभा विघटन नगरी नहुने स्थिति आएको बताएका छन् । मंगलबार नेकपा एमालेको बागमती प्रदेश कमिटीको प्रशिक्षक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रतिनिधिसभा विघटन गरेर प्रतिक्रियावादीहरुको ठूलो षड्यन्त्र असफल पारेको दाबी गरे । प्रतिनिधिसभा विघटन गरेपछि पार्टीको केन्द्रीय कमिटी विस्तार, प्रदेश तथा जिल्ला कमिटीको पुनर्गठन, […]

  • २ years अगाडि
कागबेनीमा राहत पठाउने गण्डकी सरकारको निर्णय
कागबेनीमा राहत पठाउने गण्डकी सरकारको निर्णय

गण्डकी सरकारले आइतबार राति बाढी क्षति गरेको मुस्ताङको कागबेनी क्षेत्रमा तत्काल राहत पठाउने भएको छ । सोमबार बिहान बसेको प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो । बारागुङ मुक्ति क्षेत्र गाउँपालिकाको कागबेनीमा बाढीबाट विस्थापित र प्रभावित नागरिकलाई राहत दिन र उद्धारमा जुट्न निर्देशन दिइएको मुख्यमन्त्री मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बताउनुभयो । पीडितको […]

  • २ years अगाडि
पर्वतमा भएको जिप दुर्घटनामा एक जनाको मृत्यु ११ जना घाइते
पर्वतमा भएको जिप दुर्घटनामा एक जनाको मृत्यु ११ जना घाइते

पर्वत । जिल्लाको कुश्मा–दुर्लुङ सडक खण्ड अन्तर्गत कुश्मा नगरपालिका–३ दुर्लुङको गौडामुनिमा शनिवार साँझ भएको जिप दुर्घटनामा परी एक बालिकाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव निरीक्षक सुमन निउरेका अनुसार सदरमुकाम कुश्माबाट दुर्लङका लागि छुटेको ग १ ज ५२२९ नम्बरको जिप साँझ साढे सात बजेको […]

  • २ years अगाडि
गण्डकीकाे बजेट पारितकाे खुसियालीमा ‘अतिथि रिसाेर्ट’मा मुख्यमन्त्रीकाे रात्रीकालिन भाेज
गण्डकीकाे बजेट पारितकाे खुसियालीमा ‘अतिथि रिसाेर्ट’मा मुख्यमन्त्रीकाे रात्रीकालिन भाेज

पोखरा– गण्डकी प्रदेश सरकारको बजेट शुक्रवार पारित गरेको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि गत असार १ गते सार्वजनिक गरेको बजेट शुक्रवार बहुमतले पारित भएको हो। बजेट पारित भएको खुसीयालीमा पोखराको चार तारे रिर्साेटमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले  रात्रिकालीन भोजको आयोजना गरेका छन् । नेपाली कांग्रेसका नेतासमेत रहेका पाण्डेले आर्थिक बर्सको अन्तिम […]

  • २ years अगाडि