• होमपेज
  • अन्तर्राष्ट्रिय विश्वविद्यालसँग सहकार्य गर्दै गण्डकी विश्वविद्यालय
Breaking News

अन्तर्राष्ट्रिय विश्वविद्यालसँग सहकार्य गर्दै गण्डकी विश्वविद्यालय

पोखरा/ स्थापनाको छोटो समयमानै गण्डकी विश्वविद्यालयले विश्वका विभिन्न प्राज्ञिक संस्थासँग सम्बन्ध विस्तार गरेको छ । विश्वविद्यालयले विश्वव्यापी साझेदारीलाई बढावा दिन विश्वभरका २८ प्रतिष्ठित विश्वविद्यालय र संस्थासँग समझदारीपत्रमा हस्ताक्षर गरेको छ । विभिन्न १२ देशका सम्मानित संस्थाहरूसँग सहकार्य गरी विभिन्न परियोजनाहरू र शैक्षिक कार्यक्रमहरूको विकास गर्ने प्रतिबद्धता विश्वविद्यालयले गरेको विश्वविद्यालयका रजिष्ट्रार डा.कैलाश तिमिल्सिनाले जानकारी दिनुभयो ।

विश्वविद्यालयले छोटो अवधिमा दक्षिण एसियामा अध्ययन, अनुसन्धान, आविष्कार र नयाँ प्रविधिको विकासमा उत्कृष्टताको केन्द्र बन्ने लक्ष्यका साथ काम गरिरहेको र सोही अनुसारको प्रगति समेत गरेको डा. तिमिल्सीनाले बताउनुभयो । उहाँका अनुसार विश्वविद्यालयले अमेरिकाका क्यालिफोर्निया स्टेट युनिभर्सिटी, युनिभर्सिटी अफ सेन्ट्रल मिसौरी र विलियम एण्ड मेरी तथा बेलायतको रोयल होलोवे, युनिभर्सिटी अफ लन्डनका साथै कोरियाको इन्हा विश्वविद्यालय र येउङ्नाम विश्वविद्यालय जस्ता विश्वप्रख्यात विश्वविद्यालयहरूसँग साझेदारी गरेसकेको छ। यसकासाथै टर्कीको ओन्डोकुज मेइस विश्वविद्यालय, फिलिपिन्सको सेन्ट्रल लुजोन स्टेट युनिभर्सिटी, थाइल्याण्डको माथेरथ विश्वविद्यालय र भारतकोको दीन दयाल उपाध्याय गोरखपुर विश्वविद्यालय सम्झौतामा समावेश छन्।

विज्ञापन

गण्डकी विश्वविद्यालयका अन्तर्राष्ट्रिय सम्बन्ध तथा विकास मामिला प्रमुख रवि भण्डारीका अनुसार गण्डकी विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्षेत्रमा सहकार्य थप फराकिलो हुदै गएको छ । अनुसन्धान, पाठ्यक्रम विकास, विद्यार्थी आदानप्रदान कार्यक्रमहरू र क्रेडिट ट्रान्सफर जस्ता विषय सम्झौतामा संलग्न छन्। उदाहरणका लागि, गण्डकी विश्वविद्यालय, बिआईटी कार्यक्रमको पाठ्यक्रम र युनिभर्सिटी अफ सेन्ट्रल मिसौरीको क्ष्त् कार्यक्रमका पाठ्यक्रमहरू एक अर्कासँग समायोजन गरि क्रेडिट ट्रान्सफर गर्न सकिने सम्झौता गरीएको छ। अमेरिकी विश्वविद्यालयहरूसँगको सम्झौताले गण्डकी विश्वविद्यालयबाट उत्तिर्ण हुने विद्यार्थीका लागि छात्रवृत्तिको र इन(स्टेट ट्युसन फीको अवसर प्रदान गरेको छ ।

गण्डकी विश्वविद्यालयका प्राध्यापकहरूले जापान, कोरिया, थाइल्याण्ड र दुबई जस्ता देशहरूमा पूर्ण प्रायोजनमा भ्रमण अवसर प्राप्त गरेका छन्। रोस्किल्ड विश्वविद्यालय, डेनमार्कको नेतृत्वमा र डेनिस स्वतन्त्र अनुसन्धान परिषद्को सहयोगको गोग्रीन अनुसन्धान परियोजनामा गण्डकी विश्वविद्यालयले प्रतिनिधित्व जनाउदै आइरहेको छ । यसका साथै गोग्रीन अनुसन्धान परियोजना, विश्वभरका २८ देशका अनुसन्धान साझेदारहरूसंगै गरिने परियोजना हो। विश्वविद्यालयले विलियम र मेरीसँग सिमसार संरक्षण र सामुदायिक सशक्तिकरण तथा हिप्सुंग विश्वविद्यालयसँग क्ष्त् व्यावसायिक शिक्षा र यूनिभर्सिटी ऑफ इस्टर्न फिनल्याण्डसँग प्राकृतिक रेशामा आधारित हस्तकला क्षेत्रको विकासका लागि प्रभावकारी परियोजना साझेदारी गर्ने बताइएको छ।

गण्डकी विश्वविद्यालयले पठनपाठनमा मात्र नभइ, अनुसन्धान र परियोजनाहरूमार्फत विश्वव्यापी चुनौतीहरूलाई सम्बोधन गर्ने प्रतिबद्भता समेत गरेको छ। विश्वविद्यालयको महत्वपूर्ण अन्तर्राष्ट्रिय शैक्षिक र अनुसन्धान केन्द्रको द्रुत विकासले यसको उत्कृष्टता र नवप्रवर्तनको दृष्टिकोणलाई सार्थक बनाउने रजिष्टार तिमिल्सीनाको भनाई छ। विश्वविद्यालय विश्वव्यापी सहकार्यको माध्यमबाट अन्तराष्ट्रिय शैक्षिक केन्द्रको रुपमा स्थापित हुन सफल भएको छ।

 

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

Like us on facebook