• होमपेज
  • “गण्डकी विश्वविद्यालय अन्तर्राष्ट्रिय सम्मेलन-२०२४” भव्यताकासाथ सम्पन्न
गण्डकी प्रदेश

“गण्डकी विश्वविद्यालय अन्तर्राष्ट्रिय सम्मेलन-२०२४” भव्यताकासाथ सम्पन्न

गण्डकी विश्वविद्यालयले जनवरी ३ देखि ५ सम्म विश्वभरका विद्वान, अनुसन्धानकर्ता, शिक्षाविद् र पेशाकर्मीहरूको भव्य भेला, गण्डकी विश्वविद्यालय अन्तर्राष्ट्रिय सम्मेलन-२०२४ (GUIC-2024)  सफलतापूर्वक सम्पन्न गरेको छ।उक्त अन्तर्राष्ट्रिय सम्मेलन “Empowering Excellence: Global Collaboration in Research and Academia”  विषयमा केन्द्रित रहेको थियो।

गण्डकी प्रदेशका मुख्यमन्त्री माननीय सुरेन्द्रराज पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन समारोहको अध्यक्षता विश्वविद्यालयका कुलपति प्रा. डा. गणेशमान गुरुङले गर्नु भएको थियो। कार्यक्रममा विशेष आतिथि, गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्री माननीय सुशीला सिम्खडा हुनुहुन्थ्यो। विभिन्न विश्वविद्यालयका विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेको उद्धाटन कार्यक्रमा गण्डकी विश्वविद्यालयका सल्लाहकार कर्णेल पदमबहादुर गुरुङ, उपकुलपति  प्रा. डा. नवराज देवकोटा, , पोखरा विश्वविद्यालयका उपकुलपति प्रा. डा. प्रेमनारायण अर्याल, मधेश विश्वविद्यालयका उपकुलपति  प्रा. डा. वैद्यनाथ महतो,  दीन दयाल उपाध्याय विश्वविद्यालय गोरखपुरका उपकुलपति प्रा. डा. पूनम टण्डन, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रेक्टर डा. सुरेन्द्र शेरचन, गण्डकी विश्वविद्यालयका रजिस्ट्रार डा. कैलाश तिमिल्सिना, काठमाडौं विश्वविद्यालयका रजिष्ट्रार  प्रा. डा. अच्युत वाग्ले, पोखरा विश्वविद्यालयका रजिष्ट्रार  प्रा. डा. दीपक भण्डारी, गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय सचिव श्री प्रकाश पौडेल, गण्डकी विश्वविद्यालय विज्ञान तथा प्रविधि संकाय डीन डा. कपिल अधिकारी तथा अन्य पदाधिकारी  र कर्मचारीहरूको उपस्थिति थियो।

विज्ञापन

शिक्षण र अनुसन्धानमा प्रतिबद्ध गण्डकी विश्वविद्यालयले अन्वेषण तथा आविष्कार केन्द्र मार्फत आविष्कारसँग सम्बन्धित गतिविधिमा जोड दिएको छ । विभिन्न क्षेत्रहरूमा उदीयमान प्रवृत्ति, चुनौती र अवसरहरूको छलफलका लागी प्लेटफर्म प्रदान गर्न GUIC-2024 आयोजना गरिएको थियो।

GUIC-2024 का विभिन्न १२ देशहरूबाट सहभागीहरूको प्रस्तुतिकरण रहेको थियो। सम्मेलनमा दक्षिण कोरिया, संयुक्त राज्य अमेरिका, भारत, बोस्निया र हर्जेगोभिना, नर्वे, मलेसिया, फिलिपिन्स, आयरल्याण्ड, इन्डोनेसिया, चीन, स्पेन र नेपालका प्रतिनिधिहरू आफ्ना अनुसन्धान निष्कर्षहरू प्रस्तुत तथा सम्वन्धित विषयमा वृहत छलफलम गर्न उपस्थित भएका थिए। प्रकाशित “बुक अफ एब्स्ट्र्याक्ट्स” ले सम्मेलनको सारलाई समेटेको छ, जसमा २ मुख्य वक्ता र ११ आमन्त्रित वक्ताका प्रस्तुतीकरणहरू थिए। स्वास्थ्य विज्ञान विषयमा ३४, प्राकृतिक विज्ञान विषयमा ३६, इन्जिनियरिङ/आईटी/एआई विषयमा २१, वातावरण विज्ञान विषयमा ११, खेलकुद विज्ञान/व्यवस्थापन विषयमा १६, र कानून/नीति विषयमा ६ वटा एब्स्ट्र्याक्टहरू समेटिएका थिए।

तीन दिनसम्म चलेको उक्त सम्मेलनमा चार हलमा एकैसाथ कूल ३० वैज्ञानिक सत्र र १ प्यानल छलफलको प्रस्तुत गरिएको थियो। विविध कार्यक्रममा मुख्य तथा आमन्त्रित वक्ताहरूका प्रस्तुतिहरू साथै सहभागीहरूका मौखिक र पोस्टर प्रस्तुतीकरणहरू समावेश थिए। प्रमुख वक्ताहरूमा प्रोफेसर इमेरेटस, त्रिभुवन विश्वविद्यालय वनस्पति विज्ञान केन्द्रीय विभागका प्रा. डा. प्रमोद कुमार झा  र प्रा. क्रिस्टोफर डेडे, टिमोथी ई. विर्थ प्रोफेसर, लर्निङ टेक्नोलोजी, हार्वर्ड, संयुक्त राज्य अमेरिका, हुनुहुन्थ्यो। आमन्त्रित वक्ताहरूमा डा. तमेर बेगो, फार्मेसी संकाय, साराजेभो विश्वविद्यालय, बोस्निया र हर्जेगोभिना; डा. जोंघ्वान किम, फार्मेसी कलेज, योंगनाम विश्वविद्यालय, कोरिया गणतन्त्र; डा. प्रकाश पौडेल, नेफ्रोलोजी तथा अंग प्रत्यारोपण विभाग, नेपाल मेडिसिटी, नेपाल; वाल्टर म्स्वाका, रोलिन्स विश्वविद्यालय, संयुक्त राज्य अमेरिका; डा. जस्टिन कलाव, फिलिपिन्स आणविक अनुसन्धान संस्थान, फिलिपिन्स; प्रा. डा. ध्रुव कुमार गौतम, व्यवस्थापन संकाय, त्रिभुवन विश्वविद्यालय, नेपाल; प्रा. एलेनी थियोडोराकी, युनिभर्सिटी कलेज डब्लिन, आयरल्याण्ड; प्रा. डा. विमला शर्मा, गण्डकी मेडिकल कलेज शिक्षण अस्पताल तथा अनुसन्धान केन्द्र, नेपाल; डा. मुहम्मद रुसलियादी, कृषि विकासको पोलिटेक्निक योगकर्ता मागेलाङ, कृषि विस्तार र मानव संसाधन विकास एजेन्सी, कृषि मन्त्रालय, गणतन्त्र इन्डोनेसिया; र प्रा. डा. एस प्रेम कुमार, खेलकुद व्यवस्थापन र खेल मनोविज्ञान र समाजशास्त्र, तमिलनाडु शारीरिक शिक्षा र खेलकुद विश्वविद्यालय, भारत हुनुहुन्थ्यो।

गण्डकी विश्वविद्यालयको विज्ञान तथा प्रविधि संकायका डीन डा. कपिल अधिकारीले संयोजकत्व गर्नु भएको “Empowering Excellence: Global Collaboration in Research and Academia” शीर्षकको प्यानल छलफलमा डा. यमुना घले, सदस्य, न्यासिक परिषद, गण्डकी विश्वविद्यालय, नेपाल; प्रा. डा. पूनम टण्डन, उपकुलपति, दीन दयाल उपाध्याय गोरखपुर विश्वविद्यालय, भारत; र प्रा. डा. नवराज देवकोटा, उपकुलपति, गण्डकी विश्वविद्यालय,  प्यानालिस्टका रुपमा उपस्थित हुनुहुन्थ्यो। वैज्ञानिक सत्रहरूमा नियमित मौखिक प्रस्तुतिहरू सफलतापूर्वक सञ्चालन गरिएको थियो। साथै उक्त सम्मेलनमा  “उत्कृष्ट पोस्टर पुरस्कार” समेत प्रदान गरिएको थियो।

विश्वविद्यालयका कुलपति प्रा. डा. गणेशमान गुरुङको विशेष उपस्थितिमा सम्पन्न समापन समारोहमा आयोजक समितिको तर्फबाट संयोजक डा. राज कुमार थापाले  सकारात्मक सहयोगका लागि  कृतज्ञता व्यक्त गर्दै सम्मेलनको सफलताले अनुसन्धान र शैक्षिक गतिविधिहरूमा राष्ट्रिय र अन्तर्राष्ट्रिय सहकार्यलाई बढावा दिन महत्त्वपूर्ण कोसेढुङ्गा भएको विचार व्यक्त गर्नु भएको थियो।

GUIC-2024 को सफल आयोजना, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, काठमाडौं; सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय, गण्डकी प्रदेश; विश्वविद्यालय अनुदान आयोग, काठमाडौं; कृषि तथा वन विज्ञान विश्वविद्यालय, चितवन; प्राकृतिक स्रोत व्यवस्थापन कलेज, पुरनचौर; नेपाल कृषि अनुसन्धान परिषद्, काठमाडौं; जनप्रिया बहुमुखी क्याम्पस, पोखरा; एनएमबी बैंक, पोखरा; दीन दयाल उपाध्याय गोरखपुर विश्वविद्यालय, भारत; भायनेट र पोखरा इन्टरनेट, पोखरा; र नेस्ट, पोखराको सहकार्यमा सम्भव भएको थियो।

 

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

Like us on facebook