• होमपेज
  • कुश्मा नगरपालिकामा अपाङ्ग परिचय पत्रमा कर्मचारीको हालीमूहाली
Breaking News

कुश्मा नगरपालिकामा अपाङ्ग परिचय पत्रमा कर्मचारीको हालीमूहाली

पर्वत । पर्वतको कुश्मा नगरपालिकाले आपङ्ता भएका व्यक्तिहरुले पाउने परिचय पत्रमा मनोमानी गरेको पाईएको छ । नगरपालिकाको सामाजिक विकास शाखाअन्तर्गत रहेको समितिले राजनीतिक र पहुँचको भरमा परिचयपत्र वितरण गर्दा वास्तविक अपाङ्गता भएका व्यक्तिहरु पीडित बनेका छन् ।

नगरपालिकामा रहेको समितिले परिचय पत्र वितरण भनसुनको आधारमा ‘क’ वर्गको परिचय पत्र पाउनुपर्नेले ‘ख’ वा ‘ग’ वर्गको पचियपत्र पाएको र ‘ख’ वा ‘ग’वर्गको परिचय पत्र पाउनेले ‘क’ को पाउने गरेको भेटिएको हो । समितिले आँफूखुशी वितरण गर्दा यस्तो समस्या आएको अपाङ्गता भएका व्यक्तिहरुको गुनासो रहेको छ ।

विज्ञापन

‘एउटै वर्गका अपाङ्गता भएकाहरुमा पनि विभेद छ’ कुश्मा १ निवासी भरत मल्लले गुनासो गर्नुभयो । ‘क’ वर्गको परिचय पत्र भएमा मासिक भत्ता र अन्य सुबिधा पाईने भएकाले यस्तो चलखेल हुने गरेको उहाँको आरोप छ ।

नगरपालिकाले तयार गरेको अपाङ्ता भएका व्यक्तिको परिचय पत्र कार्यविधि २०७५ अनुसार व्यक्तिको शारीरिक वा मानसिक प्रणालीहरूमा भएको कार्यगत विचलनका कारण अरूको सहारा लिएर पनि दैनिक जीवन सम्पादन गर्न नसक्ने अवस्थाका व्यक्तिहरू, तीव्र बौद्धिक अपाङ्गता भएका व्यक्तिहरू, पूर्णरूपमा श्रवण–दृष्टिविहीन व्यक्तिहरू तथा आफैँ हलचल गर्न नसक्ने गरी पूर्णरूपमा अशक्त भई अपाङ्गता भएका व्यक्तिहरूलाई ‘क’ वर्गको अपाङ्गताको परिचयपत्र वितरण गरिने उल्लेख छ । तर, केही व्यक्तिहरु यो समूहमा नपर्ने भएपनि उनीहरुलाई समेत ‘क’ वर्गको परिचयपत्र वितरण भएको पाईएको हो ।

यस्तै निरन्तर अरूको सहयोग लिएर मात्र दैनिक जीवन सम्पादन गर्न, आवागमन गर्न, सञ्चार गर्न, लेखपढ गर्न सक्षम हुने व्यक्तिहरू, पोलियो वा अन्य कारणले शरीरको तल्लो भाग पूर्ण सक्रिय नभई वा मेरुदण्डमा चोट वा पक्षाघात भई वा मांशपेसी विचलन भई वा मस्तिष्क पक्षाघात भई कम्मरभन्दा मुनिको भाग क्रियाशील हुन नसकी ह्विलचियरको प्रयोग गर्नुपर्ने अवस्थाका व्यक्तिहरूलाई ‘ख’ वर्गको परिचय पत्र उपलब्ध गराउने व्यवस्था रहेको छ ।

साथै दुवै हातको पाखुरामुनिको अङ्ग नभएका वा नचल्ने, कम्मरभन्दा मुनिका अङ्ग नभएका वा नचल्ने व्यक्तिहरू, दुवै खुट्टा पूर्ण क्रियाशील नभई बैसाखीको प्रयोग गर्ने व्यक्तिहरू, पूर्ण दृष्टिविहीन व्यक्तिहरू, बहिरा व्यक्तिहरू, दैनिक जीवन सम्पादन आफैँ गर्न सक्ने तर सिकाइमा समस्या भएका बौद्धिक अपाङ्गता भएका व्यक्तिहरू, निरन्तर अरूको सहयोग लिइरहनुपर्ने बहुअपाङ्गता भएका व्यक्तिहरूलाई, “ख” वर्गको परिचयपत्र उपलब्ध गराइनेछ भन्ने उल्लेख भएपनि नगरपालिकाले भने व्यक्तिगत भनसुन, प्रभाव र राजनीतिक आधारमा परिचयपत्र वितरण गर्ने गरेको हो ।

सामाजिक विकास शाखाका प्रमुख डिल कुमारी शर्माको अनुसार कार्यबिधि अनुसार नै परिचयपत्र वितरण भएको बताउनुभयो । उहाँका अनुसार समितिले दिएको आधारमा निर्णय हुने भएकाले केही यताउता भएको हुनसक्ने बताउनुभयो । समितिमा नगर उपप्रमुख संयोजक, स्वास्थ्य शाखा प्रमुख, नगरपालिका कार्यपालिकाबाट तोकिएको महिला प्रतिनिधी, अपाङ्गताका क्षेत्रमा काम गर्ने संस्थाको प्रतिनिधी र नगर उपप्रमुखले तोकेको कर्मचारी लगायत रहने व्यवस्था छ ।

अपाङ्ग उत्थान जिल्ला समिति पर्वतका अध्यक्ष जगन्नाथ शर्माका अनुशार कार्यबिधीले दिएको आधारमा निर्णय हुनुपर्नेमा कहिलेकाहीँ त्रुटी भएको हुनसक्ने भएकाले उजुरी गर्न आग्रह गर्नुभयो । उहाँका अनुसार नगरपालिकाले अपाङ्गता सम्बन्धि काम गर्ने संघ संस्थाकोतर्फदेखि आँफू समितिमा भएपनि परिचय पत्र वितरणको बैठकमा मात्रै बोलाउने गरेकाले अन्य केही जानकारी नहुने गरेको समेत गुनासो गर्नुभयो ।

अपाङ्गको रकममा समेत हालीमूहाली

पचियय पत्रमा मात्रै होईन कर्मचारी र समितिको मिलेमतोमा अपाङ्गको रकममा समेत हालीमूहाली हुने गरेको छ । उनीहरुको आर्थिक आयआर्जन लगायतका क्षेत्रमा काम गर्न, उनीहरुको क्षमता अभिबृद्धी गर्न प्रत्येक वर्ष सामाजिक विकास शाखबाट रकम विनियोजन हुने गरेको भएपनि कर्मचारी र अपाङ्ग उत्थानको नाउँमा खोलिएको संस्थाले आर्थिक अनियमितता गरेको समेत पाईएको छ ।

उनीहरुले मिलेमतोमा कार्यक्रम संचालन गर्ने तर अपाङ्गता भएकाहरुलाई सहभागी नगराउने समेत पाइएको हो । ‘हामी त अहिलेसम्म कुनै कार्यक्रममा समावेश छैनौं’ एक अपाङगले गुनासो गर्नुभयो ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

Like us on facebook