• होमपेज
  • कुश्मा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पराजुली कार्यकक्षबाटै पक्राउ
Breaking News

कुश्मा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पराजुली कार्यकक्षबाटै पक्राउ

पर्वत । पर्वतको कुश्मा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत उदयबहादुर पराजुली आफ्नै कार्यकक्षबाट पक्राउ परेका छन् । कास्किमा रहेको मित्र मिलन बचत तथा ऋण सहकारी संस्थाको कार्यक्षेत्र थप गर्ने विषयमा १ करोड भन्दा बढि नगद घुस लिएको अभियोगमा पूर्व रजिष्ट्रार पराजुलीलाई पर्वत प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक अर्जुन पौडेलको नेतृत्वमा गएको टोलीले उनलाई पक्राउ गरेको हो। गत हप्ता मात्रै कुश्मा नगरपालिकामा हाँजिर भएका पराजुली केही दिनदेखी फरार रहेका थिए । कास्की प्रहरी उनलाई खोजी गरिरहेको र पर्वत आएको सूचना पाए लगत्तै पर्वत प्रहरीको समन्वयमा उनलाई पक्राउ गरेको हो । पराजुलीलार्ई पोखरा पठाउने तयारी भईरहेको पर्वत प्रहरीले जानकारी दिएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

Like us on facebook