• होमपेज
  • जंगली जनावरको आक्रमणबाट सासूबुहारीको मृत्यु
गण्डकी प्रदेश

जंगली जनावरको आक्रमणबाट सासूबुहारीको मृत्यु

नवलपुर — जंगली जनावरको आक्रमणबाट पूर्वी नवलपरासीको विनयीत्रिवेणी गाउँपालिका-१ मा सासूबुहारीको मृत्यु भएको छ । आइतबार दिउँसो घाँस काट्न विनय सामुदायिक वनमा गएका गएका  ६० वर्षीया मनादेवी पौडेल र २८ वर्षीया विष्णु पौडेल मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका डिएसपी बेदबहादुर पौडेलका अनुसार आइतबार दिउँसो दुई जना महिला जंगलमा घाँस काट्न गएको र राति अबेरसम्म नफर्किएको सूचनाको आधारमा खोजतलास गर्दा आइतबार राति दुई जना महिलाको शव फेला परेको हो ।

विज्ञापन

कम्बरमा चोट लागेको र घटनाको प्रकृति हेर्दा जंगली जनावरले आक्रमण गरेको हुन सक्ने प्रारम्भिक अनुमान प्रहरीले गरेको छ ।

पोष्टमार्टम पछि मात्र मृत्यु के, कसरी भयो भन्ने एकिन हुने प्रहरीले जनाएको छ । स्थानीयले भने बाघको आक्रमणबाट दुवै जनाको मृत्यु भएको बताएका छन् । सोही जंगलमा यसअघि पनि बाघले आक्रमण गरेर मानिस मारेको थियो ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

Like us on facebook