• होमपेज
  • कुश्माको ‘द क्लिफ’ ले भारतमा पनि ‘एडभेन्चर पार्क’ बनाउँदै
Breaking News

कुश्माको ‘द क्लिफ’ ले भारतमा पनि ‘एडभेन्चर पार्क’ बनाउँदै

काठमाण्डाै – बाग्लुङ–कुश्मालाई साहसिक खेल स्थलको रूपमा स्थापित गरेको ‘द क्लिफ नेपाल’ ले भारतको कम्पनीमा व्यवस्थापन सम्हालेको छ ।

‘द क्लिफ’ को व्यवस्थापनमा भारतको केरलामा नयाँ बन्जीसहितको एड्भेन्चर पार्क सञ्चालनमा आएको छ । योसँगै क्लिफ अन्तर्राष्ट्रियस्तरमा पहिलो पटक  बन्जीको व्यवस्थापनमा संलग्न भएको हो ।

विज्ञापन

केरलामा वाया नाडा कम्पनीले निर्माण गरेको बन्जी जम्प तथा अन्य साहसिक गतिविधि स्काई वाक, स्विङ, सुपरम्यान स्विङको व्यवस्थापन गर्नुका साथै प्राविधिक जनशक्ति ‘द क्लिफ’ ले उपलब्ध गराउने अध्यक्ष राजु कार्कीको भनाइ छ । बन्जीकाे सञ्चालनका लागि प्रशिक्षक तहका कर्मचारीसमेत भएकाले ‘क्लिफ’ सँग सहकार्य गरेकाे भारतीय कम्पनीले जनाएको छ ।

भारतीय रुपैयाँ झन्डै ४० करोड लगानीमा निर्माण भएको बन्जीसहितको एड्भेन्चर पार्कमा रहेकाे बन्जी पहिलो चरणमा क्रेनबाट सञ्चालन हुनेछ । निर्माणाधीन बन्जी सम्पन्न हुँदा भारतको सबैभन्दा अग्लो बन्जी हुने अध्यक्ष कार्की बताउनुहुन्छ । यससँगै केरलाका तीन वटा ठाउँमा पनि बन्जी सञ्चालन गर्ने क्लिफको तयारी छ ।

मुक्तिनाथ दर्शनका लागि केरलाबाट आउने तीर्थयात्रीले पर्वत र बाग्लुङ सीमामा ‘द क्लिफ’ द्वारा सञ्चालित बन्जी देखेपछि भारतीय व्यवसायीले चासो राखेका थिए ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

Like us on facebook