• होमपेज
  • मित्र कुञ्जको सहयोगमा विद्यार्थीहरुलाई न्यानो कपडा तथा स्टेशनरी
गण्डकी प्रदेश

मित्र कुञ्जको सहयोगमा विद्यार्थीहरुलाई न्यानो कपडा तथा स्टेशनरी

मित्र कुञ्जको सहयोगमा कास्कीको अन्नपूर्ण गाउँपालिकामा रहेको बाकोट आधारभुत विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा तथा स्टेशनरी सामाग्री वितरण गरिएको छ । कुञ्जले बिध्यार्थीका लागि न्यानो कपडा स्विटर र टोपी साथै बिध्यालयकोलागि स्टेशनरी, खेलकुद र प्राथमिक उपचार बक्स लगायतका सामाग्री हस्तान्तरण गरेको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि कुञ्जका केन्द्रीय अध्क्ष महेश पाण्डेले गाउँमा दुरदराजमा रहेका विद्यालयमा सहयोग गर्दा विपन्न र लक्षित वर्गसम्म पुग्न सकिने बताउँदै आगामी दिनमा समेत सहयोगको प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले यस्ता सहयोगले विद्यार्थीको हौसला बढ्ने र विद्यालयको समेत शैक्षिक गुणस्तरमा समेत सहयोग पुग्ने बताउनुभयो ।

विज्ञापन

कार्यक्रममा विशिष्ठ अतिथि तेजनाथ न्यौपाने, वडा सदस्य ज्ञान बहादुर कुवर, प्रबिण गुरुङ, अन्नपूर्ण गापा शिक्षा समिती सदस्य मीना गुरुङ, प्रअ मिन प्रसाद न्यौपाने लगातयले शुभकामना मन्तब्य स्वागत राख्नुभएको थियो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अध्यक्ष पदम बहादुर बिक र स्वागत तथा धन्यवाद प्र अ मीन प्रसाद न्यौपानेले गर्नुभएको थियो । कार्यक्रमको संचालन शिक्षक सूर्यले गर्नुभएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

Like us on facebook