• होमपेज
  • रैथाने बालीको संरक्षण र प्रबर्द्धन गर्दै कृषि ज्ञान केन्द्र पर्वत
Breaking News

रैथाने बालीको संरक्षण र प्रबर्द्धन गर्दै कृषि ज्ञान केन्द्र पर्वत

पर्वत । परम्परागत रैथाने बाली लोप हुँदै गएको र उपभोग समेत घट्न थालेपछि कृषि ज्ञान केन्द्र पर्वतले पछिल्लो समय बाली संरक्षणमा जोड दिएको छ । स्थानीय किसानलाई अर्गानिक खाद्यमा प्रोत्साहन गर्ने गरी रैथाने बाली संरक्षण तथा रैथाने बाली प्रबर्द्धन गर्न लागेको कृषि ज्ञान केन्द्र पर्वतले जनाएको छ ।

यहाँ उत्पादन हुने कोदो, फापर, सिमी, चिनो, कागुनो, लट्टे, स्थानीय जातको मकै, जौलगायतका अन्न बाली पछिल्लो समय हराउँदै गएका छन् । ती बालीको संरक्षण गर्न अनुदानका कार्यक्रम अघि सारेको कृषि ज्ञान केन्द्रका सुचना अधिकारी शंकर पौडेलले बताउनुभयो ।

विज्ञापन

रैथाने बाली स्थानीयका लागि खाद्य सुरक्षा, पोषणदेखि स्वास्थ्य जीवनयापनमा आवश्यक रहेको कार्बोहाइड्रेट, प्रोटिन, फाइबर, भिटामिन, क्याल्सियम, म्याग्नेसियम, आइरन जस्ता खनिजको प्रचुरता बढी भएकाले संरक्षणमा जोड दिएको भनाइ उहाँको छ ।

पछिल्लो समय रैथाने बालीको उत्पादन घटेको तर परिकारको माग बढेको भए पनि कसरी उपयोग गर्ने भन्ने समेत शहरी क्षेत्रमा हराउँदै गएकाले कृषकलाई परिकार बनाउने र बजारीकरण गर्ने गरि तालिम दिने गरिएको बताइएको छ ।

स्थानीय बजारमा फापर, कोदो र मकैको पिठो, कागुनो लगायतका बालीको माग बढेको छ । रैथानले बालीलाई व्यावसायिक रूपमा खेती गर्न सकेमा स्थानीयले यसबाट नै जीविकोपार्जन गर्न सक्ने सम्भावना रहेको देखिन्छ ।

कृषि ज्ञान केन्द्रले रैथाने बालीको उत्पादन बढाउन स्थानीय उत्पादनको विभिन्न प्रकारका परिकार बनाई खुवाउने गरेको छ । केन्द्रले शुक्रबार जिल्लाका कार्यालय प्रमुख, संघसंस्था साथै कृषकहरुलाई परिकार बनाएर खुवाएको हो । यसले रैथाने बालीका परिकार बनाउने र खाने प्रचलन बढ्ने अधिकृत पौडेलको भनाई छ । अहिले स्थानीय होटलमा समेत रैथाने बालीको विभिन्न परिकार पाइने गरेको भएपनि सोचेजस्तो उपभो,भने हुन नसकेको कृषक बिनोद भुसालले बताउनुभयो । 

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

Like us on facebook