पर्वतको कुस्मा नगरपालिकाका केही वडाहरुमा कोरोना विरुद्धको खोपमा पहुँचवालाको रजाई भएको पाईएको छ । कुस्मा नगरपालिका केही वडाहरु र प्रमुख जिल्ला अधिकारीको कोटामा रहेका खोप समेत पहुँचवालालाई दिएको पाईएको हो । प्रजिअको कोटामा रहेका खोपमा समेत पहुँचवालालाई दिएपछि आलोचना शुरु भएको हो । कुस्मा नगरपालिका ४ मा म्याग्दीबाट समेत आएर खोप लगाएको पाईएको छ भने […]
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकाबाट अनुदान प्राप्त कोरोनाविरुद्धको खोप लगाउने कार्यको जोरपाटीबाट शुभारम्भ गरेका छन् । जोरपाटीस्थित खगेन्द्र नवजीवन केन्द्रमा स्वास्थ्यकर्मीलाई खोप हस्तान्तरण गरेर शुभारम्भ गरेका हुन् । सो कार्यक्रममा नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरी पनि सहभागी थिए । अमेरिकाले जोन्सन एण्ड जोन्सन कम्पनीको १५ लाख ३४ हजार ८५० डोज खोप नेपाललाई उपहार […]
काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार ६२४ जनमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै हालसम्म संक्रमित हुनेको संख्या ६ लाख ८७ हजार ९९५ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ५६५ जना कोभिड१९बाट संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६ लाख १२ हजार ९९४ पुगेको […]
काठमाडौँ । नेपालमा थप ४५२२ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर पिसिआरबाट कुल ३७०३ र एन्टीजेन परिक्षणबाट ८१९ गरि कुल ४५२२ जना संक्रमित थपिएको जानकारी दिएको हो । त्यस्तै पछिल्लो २४ घण्टामा ४९५४ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ९०.२ रहेको मन्त्रालयले जनाएको छ […]
काठमाण्डाै – गएको २४ घण्टामा देशभर ५ हजार २ सय २५ जना कोरोनामुक्त भएका छन् । योसहित कोरोनामुक्त हुनेको सङ्ख्या अहिलेसम्म ५ लाख २० हजार ८ सय १६ पुगेको छ । नेपालमा अहिले सङ्क्रमित निको हुनेदर ८६ दशमलव २ प्रतिशत रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस्तै, गएको २४ घण्टामा थप ३ हजार ७ […]
पछिल्लो २४ घण्टामा देशभर ३७४९ संक्रमित थपिएका छन् । यस्तै ५२९३ जना संक्रमण मुक्त हुँदा सोही अवधिमा ५९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जानकारी दिएको छ । यससँगै देशभर पीसीआर विधिबाट परीक्षण गर्दा संक्रमित हुनेको कुल संख्या ६ लाख १ हजार ६८७ र एन्टिजेन विधिबाट परीक्षण गर्दा संक्रमित हुनेको संख्या १७ हजार […]
काठमाडौँ — कोरोना भाइरसबाट संक्रमित भएका बिरामीमा आँखा, नाक र अनुहार बिगार्ने कालो ढुसी(म्युकरमाइकोसिस) को संक्रमण नेपालमा पनि केहीमा पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संक्रमण विरलै देखिने तर संक्रमण गम्भीर भए प्राणघातक पनि हुनसक्ने भएकाले समयमा ध्यान पुर्याउन आवश्यक रहेको मन्त्रालयले जनाएको छ । ब्ल्याक फंगससमेत भनेर चिनिने यस रोगको प्रारम्भिक लक्षमा अनुहार, […]
काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा ६ हजार ८० जना कोरोना भाइरस (कोभिड–१९) संक्रमण मुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना जित्नेको संख्या चार लाख ३४ हजार ७५० पुगेको छ । २४ घण्टामा ११६ जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या भने ७ हजार १६३ पुगेको छ । मन्त्रालयका […]
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा नौ हजार ८४१ जना कोरोना संक्रमणमुक्त भएका छन् । देशभरबाट संक्रमणमुक्त भई उनीहरु डिस्चार्ज भएका हुन् । योसँगै हालसम्म देशमा कोरोना निको हुनेको संख्या चार लाख २८ हजार ६७० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार जनाएको छ । यस्तै, पछिल्लो २४ घण्टामा देशभर ६ हजार ९५१ जना संक्रमित थपिएका […]
पर्वत । पर्वतको कुस्मा नगरपालिका भित्र रहेका स्वास्थ्य केन्द्रहरुमा सिटामोल लगायतका अत्यावश्यकिय औषधिको अभाव भएको छ । नगरपालिकाको स्वास्थ्य शाखाले औषधि खरिद गरेर भण्डारण गरेको भएपनि स्वास्थ्य संस्थाहरुमा भने सहज ढंगले सिटामोल समेत पाईर्दैन । नगरपालिका भित्रको एकमात्र नगर अस्पतालको रुपमा रहेको ठूलीपोखरी प्राथमिक स्वास्थ्य केन्द्रमा समेत प्रयाप्त सिटामोल नहुँदा बिरामीलाई १÷२ चक्की बाँडेर दिनुपर्ने […]
पर्वत। कोरना भाईरस संक्रमणको कारण पर्वतमा आज एकैदिन ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कुश्मा नगरपालिका वडा नम्बर ३ दुर्लुङका ५३ बर्षिय पुरुष, मोदी गाउँपालिका वडा नम्बर ८ का ५९ बर्षिय महिला, महाशिला गाउँपालिका वडा नम्बर ५ का ६९ बर्षिय पुरुष र जलजला गाउँपालिका वडा नम्बर २ का ६४ बर्षिय पुरुष रहेको गण्डकी […]