• होमपेज
  • आज ४ हजार ७६२ जनामा संक्रमण पुष्टि, ११४ जनाको निधन
Breaking News

आज ४ हजार ७६२ जनामा संक्रमण पुष्टि, ११४ जनाको निधन

काठमाडौं, १७ जेठ । आज नेपालमा कोरोना भाइरसका ४ हजार ७ सय ६२ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ५ लाख ६१ हजार ३ सय २ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

२४ घन्टामा १ सय १४ जनाको कोरोना संक्रमणबाट निधन भएको छ । योसँगै संक्रमणबाट मृत्यु हुनेको संख्या हालसम्म ७ हजार ३ सय ८६ पुगेको छ ।

विज्ञापन

आज ६ हजार ४९१ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ४ लाख  ४७ हजार ४ सय ४६ जना संक्रमणमुक्त भएको छन् । आज १७ हजार ४ सय ८० जनाको पिसीआर परिक्षण भएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook