• होमपेज
  • पर्वतको कुस्मामा वितरित भेरोसेल खोपमा पहुँचवालाको रजाईँ
Breaking News

पर्वतको कुस्मामा वितरित भेरोसेल खोपमा पहुँचवालाको रजाईँ

पर्वतको कुस्मा नगरपालिकाका केही वडाहरुमा कोरोना विरुद्धको खोपमा पहुँचवालाको रजाई भएको पाईएको छ । कुस्मा नगरपालिका केही वडाहरु र प्रमुख जिल्ला अधिकारीको कोटामा रहेका खोप समेत पहुँचवालालाई दिएको पाईएको हो ।

प्रजिअको कोटामा रहेका खोपमा समेत पहुँचवालालाई दिएपछि आलोचना शुरु भएको हो । कुस्मा नगरपालिका ४ मा म्याग्दीबाट समेत आएर खोप लगाएको पाईएको छ भने अन्य वडाहरुमा समेत मापदण्ड विपरित हुँदा स्थानीयहरुले आलोचना गरेका छन् ।

विज्ञापन

स्थानीय शिब प्रसाद शर्माले पर्वत उद्योग बाणिज्य संघले बाँडेको खोपमा समेत अनियमितता भएको भन्दै फेसबुकमा बिरोध गरेकाछन् । खोप पहुँचवालाका लागि मात्रै भएको भन्दै केही तरकारी पसल संचालक समेत बिरोध गरेका छन् । कुस्माकै १०, ११, १२ नं वडामा पठाएको खोप अप्रयाप्त भएपछि शिक्षकहरुले लगाउन नपाएको भन्दै बिरोध गरेका छन् ।

यस सम्बन्धमा प्रमुख जिल्ला अधिकारी देबी पाण्डे खत्रीले केही दुरुपयोग भएको जानकारी भएको भएपनि केही गर्न नसकिने बताउनुभयो । उहाँले वडामा गएको खोपमा त्यस्तो दुरुपायोग भएको भन्ने जानकारी भएपछि सम्बन्धित पालिकाका खोप प्रमुखलाई स्पष्टिकरण सोधिएको जानकारी दिनुभयो । खत्रीले आँफूले सिफारिस गरेकोमा दुरुपयोग नभएको बताउनुभयो ।

पछिल्लो समय ५५ वर्ष माथिका नागरिक, यातायात मजदुर, शिक्षक, स्वास्थ्यकर्मी, वैदेशिक रोजगारीमा जाने नागरिक लगायतलाई प्राथमिकतामा राखेर भेरोसेल खोप शुरु गरिएको हो ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook