• होमपेज
  • टोकियो ओलम्पिक: पहिलो स्वर्ण चीनलाई
खेलकुद

टोकियो ओलम्पिक: पहिलो स्वर्ण चीनलाई

काठमाडौं। जारी टोकियो ओलम्पिक २०२० अन्तर्गत चीनकी याङ कियानले पहिलो स्वर्ण पदक जितेकी छिन्।

आसाका शुटिङ रेन्जमा शनिवार विहान आयोजित फाइनल चरणको खेलमा याङले महिला १० मीटर एयर राइफल विधातर्फ स्वर्ण पदक जितेकी हुन्। २१ वर्षीय याङले अन्तिम चरणमा रसियन ओलम्पिक कमिटीकी आनास्तासिया गालाशिमालाई ०.७ अंकले पराजित गरेकी हुन्।

विज्ञापन

याङले अन्तिम चरणमा ९.८ अंक बटुल्दा उनको अंक २५१.८ पुगेको थियो। त्यस्तै गालाशिमाले अन्तिम चरणमा मात्र ८.९ अंक प्राप्त गर्दा उनको अंक २५१.१ भएको थियो। टोकियो ओलम्पिकको पहिलो स्वर्ण जित्ने क्रममा याङले नयाँ ओलम्पिक कीर्तिमान पनि रच्न सफल भइन्। उनको २५१.८ को अंक ओलम्पिक कीर्तिमान बनेको छ। सो प्रतियोगितामा स्विट्जरल्यान्डकी निना क्रिस्टियनले काश्य पदक जित्न सफल भइन्।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

Like us on facebook