• होमपेज
  • कुश्मा नगरपालिका भित्रका स्वास्थ्य संस्थामा सिटामोल र जीवनजल समेत अभाव
Breaking News

कुश्मा नगरपालिका भित्रका स्वास्थ्य संस्थामा सिटामोल र जीवनजल समेत अभाव

पर्वत । पर्वतको कुस्मा नगरपालिका भित्र रहेका स्वास्थ्य केन्द्रहरुमा सिटामोल लगायतका अत्यावश्यकिय औषधिको अभाव भएको छ । नगरपालिकाको स्वास्थ्य शाखाले औषधि खरिद गरेर भण्डारण गरेको भएपनि स्वास्थ्य संस्थाहरुमा भने सहज ढंगले सिटामोल समेत पाईर्दैन ।

नगरपालिका भित्रको एकमात्र नगर अस्पतालको रुपमा रहेको ठूलीपोखरी प्राथमिक स्वास्थ्य केन्द्रमा समेत प्रयाप्त सिटामोल नहुँदा बिरामीलाई १÷२ चक्की बाँडेर दिनुपर्ने बाध्यता रहेको स्वास्थकर्मीहरु बताउँछन् । स्वास्थ्य शाखाले समन्वन नगर्ने, समयमा औषधि उपलब्ध नगराउने र हेलचक्राई गर्ने गरेकाले स्वास्थ्य केन्द्र एक महिनादेखि औषधि अभावमा चल्दै आएको छ ।

विज्ञापन

कोरोना भाईरसले आक्रान्त पारेको बेला सामान्य टाउको दुखाई र रुघाखोकीमा प्रयोग हुने औषधि समेत पाउन नसक्दा सर्वसाधारणहरु समस्यामा परेका छन् । पारासिटामोल, डेक्सामथेजोन, हाइडोकोटिजन, हेपारिन, ओएसआर (जीवनजल) लगायतका औषधीको एक महिना अगाडीदेखि अभाव भइरहेको स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर गायत्री पौडेलले बताईन् । ‘केही समय सिटामोल दिनै सकेनौं’ उनले भनिन् ‘अहिले बाँडेर २÷४ चक्की दिने गरेका छौं ।’

टाउको दुखाई, ज्वरो र कोरोनाको उपचारमा समेत प्रयोग हुने भएकाले धेरै बिरामीको माग पारासिटामोल भएकाले भनेजति दिन नसकेको स्वास्थ्यकर्मीहरु बताउँछन् । ठूलीपोखरीका साथै नगरभित्रका सबै स्वास्थ्य संस्थाहरुमा औषधिको अवस्था उस्तै हो । अन्य स्वास्थ्य केन्द्रहरुमा समेत औषधिको अभाव भएकाले बिरामीलाई दिन नसकेको बताईन्छ ।

नगर स्वास्थ्य शाखाले औषधि खरिद गरेर राखेको र मागको आधारमा उपलब्ध गराउँदै आएको स्वास्थ्य शाखा प्रमुख उमाकान्त सापकोटाले बताए । ‘कोरोना संक्रमितका लागि समेत पारासिटामोल लगायतका औषधी प्रयोग हुने भएकाले माग धेरै छ सापकोटाले भने हामीले मागका आधारमा पठाएका छौं औषधिको अभाव रहेको कतैबाट जानकारी आएको छैन । यता स्वास्थ्य संस्थाहरुले १ हप्ता पहिलादेखि माग फारम भरेर पठाउँदा समेत वेवास्ता गरेको स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीहरु बताउँछन् ।

पारासिटामोल कोरोना संक्रमितलाई ज्वरो आएको अवस्थामा प्रयोग गरिन्छ भने डेक्जामेथाजोन श्वास प्रश्वासमा गाह्रो तथा एलर्जी भएको अवस्थामा दिइन्छ । हाइडोकोटिजन दुखाई कम गर्ने, सुन्निएको चिलाउने समस्या भएमा, हेपारिन (मुटु, किड्नीका समस्या) भएकालाई प्रयोग गरिने डा. पौडेलले बताइन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook