• होमपेज
  • पर्वतमा एकैदिन ४ जनाको मृत्यु
देश/प्रदेश

पर्वतमा एकैदिन ४ जनाको मृत्यु

पर्वत। कोरना भाईरस संक्रमणको कारण पर्वतमा आज एकैदिन ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कुश्मा नगरपालिका वडा नम्बर ३ दुर्लुङका ५३ बर्षिय पुरुष, मोदी गाउँपालिका वडा नम्बर ८ का ५९ बर्षिय महिला, महाशिला गाउँपालिका वडा नम्बर ५ का ६९ बर्षिय पुरुष र जलजला गाउँपालिका वडा नम्बर २ का ६४ बर्षिय पुरुष रहेको गण्डकी प्रदेश स्बास्थ निर्दशनालयले जनाएको छ । मोदी ८ की महिलाको आईतबार होम आईसोलेशनमै ज्यान गएको र उहाँमा ८ गते कोरना पुष्टि भएको थियो । त्यसैगरी कुश्मा ३ का पुरुषको बैशाख ३० गते कोरना पुष्टि भएकोमा पोखराको फिस्टेल अस्पतालमा आईतबार ज्यान गएको हो । यसैगरी महाशिला ५ का पुरुषको आजै पोखरा स्बास्थ बिज्ञान प्रतिष्ठानमा उपचारको क्रममा निधन भएको हो । उहाँमा बैशाख २४ गते कोरना पुष्टि भएको हो । त्यस्तै जलजला २ का पुरुषको शनिबार कोरना पुष्टि भएकोमा आजै म्यादीको बेनि अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो । यो संगै पर्वतमा कोरना संक्रमणबाट ज्यान गुमाउनेको सख्या ३८ पुगेको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook