• होमपेज
  • नेपालमा कोरोनाबाट २४ घण्टामा ४१ जनाको मृत्यु, ४५२२ संक्रमित
Breaking News

नेपालमा कोरोनाबाट २४ घण्टामा ४१ जनाको मृत्यु, ४५२२ संक्रमित

काठमाडौँ । नेपालमा थप ४५२२ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर पिसिआरबाट कुल ३७०३ र एन्टीजेन परिक्षणबाट ८१९ गरि कुल ४५२२ जना संक्रमित थपिएको जानकारी दिएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा ४९५४ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ९०.२ रहेको मन्त्रालयले जनाएको छ ।

विज्ञापन

देशभर अहिले ४२५ जना क्वारेन्टाइनमा छन् भने पछिल्लो २४ घण्टामा १२२०४ पिसिआर  र ४७०९ नमुना एन्टीजेन परिक्षण भएको मन्त्रालयले जानकारी दिएको छ ।

नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ५२ हजार ६४८ पुगेका छन् ।

त्यस्तै अहिले देशभर संस्थागत आइसोलेसनमा ३ हजार २२३ जना रहेका छन् भने होम आइसोलेसनमा ४९ हजार ४२५ रहेका छन् ।

त्यस्तै अहिले नेपालमा ७६१ जना कोरोना संक्रमित आइसीयुमा उपचारत रहेका मध्ये २१८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ४१ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८८१३ पुगेको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook