• होमपेज
  • साफ च्याम्पियनसिप र एएफसी कप क्वालिफायरका लागि ५० सदस्यीय प्रारम्भिक टोली छनौट
खेलकुद

साफ च्याम्पियनसिप र एएफसी कप क्वालिफायरका लागि ५० सदस्यीय प्रारम्भिक टोली छनौट

काठमाडौं । साफ च्याम्पियनसिप र एएफसी एशियन कप छनौटको क्वालिफायर राउण्डका लागि ५० सदस्यीय प्रारम्भिक टोली घोषणा गरिएको छ ।

राष्ट्रिय टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले साफ च्याम्पियनसिप र एएफसी एशियन कप छनौटको क्वालिफायर राउण्डका लागि तयारी गर्न प्रशिक्षणका लागि ५० खेलाडी छनौट गरेका हुन् ।

विज्ञापन

प्रशिक्षक अलमुताइरीले विश्वकप तथा एसियन कप छनोटको दोस्रो चरणमा बोलाइएका ३२ खेलाडीमा १८ खेलाडी थपेर प्रशिक्षणमा सह्बह्गी हुने खेलाडी घोषणा गरेका छन् ।

प्रशिक्षण असार १७ गते (जुलाई १) बिहीबारदेखि सुरु हुने एन्फाले जानकारी दिएको छ ।

प्रशिक्षण खेलाडीलाई दुई समूहमा विभाजन गरेर दुई सेसनमा गराइने बताइएको छ । पहिलो सेसन बिहान १० बजे र अर्को सेसन अपरान्ह ४ बजेपछि शुरु हुने एन्फाले जनाएको छ ।

साफ च्याम्पियनसिप १४ देखि २५ सेप्टेम्बरसम्म बंगलादेशमा हुने कार्यक्रम रहेको छ ।

५० सदस्यीय प्रारम्भिक टोली :

किरण चेम्जोङ, अर्पण कार्की, विकेश कुथु, विशाल श्रेष्ठ, विशाल सुनार, दीप कार्की, आशिष लामा, अभिषेक रिजाल. अमित तामाङ, अनन्त तामाङ, अन्जन विष्ट, एरिक विष्ट, आयुष घलान, भरत खवास, विवेक बस्नेत, विशाल राइ, दर्शन गुरुङ, दीनेश राजवंशी, डोना थापा, गौरव बुढाथोकी, गौतम श्रेष्ठ, जर्ज प्रिन्स कार्की, कमल थापा, मनिष डाँगी, मिक्छेन तामाङ, नवयुग श्रेष्ठ, निरज बस्नेत, निशान खड्का, नितिन थापा, प्रकाश बुढाथोकी, प्रेजेन तामाङ, पुजन उपरकोटी, राजन गुरुङ, रजिन धिमाल, राजीव लोप्चन, रन्दीप पौडेल, रवी पासवान, रोहित चन्द, सन्जोग राई, सन्तोष तामाङ, सेसेहाङ आङदेम्बे, शिशिर लेखी, सुदिल राइ, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनिल बल, सुरज जिउ ठकुरी, तेज तामाङ, त्रिदेव गुरुङ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

Like us on facebook