• होमपेज
  • २४ घण्टामा ६ हजार ८० ले जिते कोरोना : ११६ जनाको मृत्यु
Breaking News

२४ घण्टामा ६ हजार ८० ले जिते कोरोना : ११६ जनाको मृत्यु

काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा ६ हजार ८० जना कोरोना भाइरस (कोभिड–१९) संक्रमण मुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना जित्नेको संख्या चार लाख ३४ हजार ७५० पुगेको छ ।

२४ घण्टामा ११६ जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या भने ७ हजार १६३ पुगेको छ ।

विज्ञापन

मन्त्रालयका अनुसार २४ घण्टामा १४ हजार ६ जनाको पीसीआर र ७४६ जनाको एन्टिजेन परीक्षण गर्दा चार हजार ४८७ जनामा संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा संक्रमितको संख्या पाँच लाख ५३ हजार ४२२ पुगेको छ ।अहिले सक्रिय संक्रमितको संख्या भने एक लाख ११ हजार ५०९ रहेको मन्त्रालयले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook