• होमपेज
  • पछिल्लो २४ घण्टामा २६२४ संक्रमित थपिए, १५६५ जना संक्रमण मुक्त
Breaking News

पछिल्लो २४ घण्टामा २६२४ संक्रमित थपिए, १५६५ जना संक्रमण मुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार ६२४ जनमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै हालसम्म संक्रमित हुनेको संख्या ६ लाख ८७ हजार ९९५ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ५६५ जना कोभिड१९बाट संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६ लाख १२ हजार ९९४ पुगेको छ ।

विज्ञापन

यस्तै पछिल्लो २४ घण्टामा थप १५ जना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ९ हजार २६३ पुगेको छ । पछिल्लो २४ घण्टामा १२ हजार ५८५ जनाको नमुना परीक्षण गरिएको थियो । हाल सक्रिय संक्रमितको संख्या २५ हजार ८२८ रहेको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook