• होमपेज
  • गण्डकीमा उकालो लाग्न थाल्यो सक्रिय संक्रमित
गण्डकी प्रदेश

गण्डकीमा उकालो लाग्न थाल्यो सक्रिय संक्रमित

पोखरा । गण्डकी प्रदेशमा सक्रिय संक्रमितको संख्या बढ्न थालेको छ । गण्डकी अझै पनि तीन हजार माथि छ । गत शनिबार ३१ सय ३७ जना सक्रिय संक्रमित रहेको गण्डकीमा आइतबार सो संख्याबाट घटेर ३०२१ मा झरेको थियो ।

यस्तै सोमबार झण्डै ८० जना सक्रिय संक्रमित थपिएर ३१ सय एक पुगेकोमा मंगलबार पनि ७० जना थपिए । मंगलबार साँझ ५ बजेसम्ममा गण्डकीमा ३१ सय ७१ जना सक्रिय संक्रमित पुगेको छ ।

विज्ञापन

गण्डकीमा कुनै समय १० हजारको हाराहारीमा पुगेको सक्रिय संक्रमित पुगेका थिए । पछिल्लो समयमा सो संख्या घट्यो तीन हजार हाराहारीमा आइपुगेको हो ।

गण्डकीका ११ जिल्लामध्ये नौ जिल्लामा अझै पनि १०० भन्दा बढी सक्रिय संक्रमित छन् । जसमा सबैभन्दा धेरै सक्रिय संक्रमित भएको जिल्ला कास्की हो ।

कास्कीमा आजसम्ममा ६८९ जना सक्रिय संक्रमित छन् । यस्तै, नवलपरासी पूर्वमा ५३० जना, बागलुङमा ३९९, तनहूँमा ३८१ जना सक्रिय संक्रमित रहेको तथ्यांकले देखाएको छ ।

यसैगरी पर्वतमा ३०८, गोरखामा २५९, लमजुङमा १८६, म्याग्दीमा १८५, स्याङ्जामा १९२ जना सक्रिय संक्रमित छन् । गण्डकीका दुई जिल्लामा १०० भन्दा कम सक्रिय संक्रमित छन् । जसमा मनाङमा १३ र मुस्ताङमा २९ सक्रिय संक्रमित रहेका छन् ।

गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा सात जनाको मृत्यु भएको छ भने ३६६ जना संक्रमित थपिएका छन् । गण्डकीमा आज २८९ जना संक्रमित निको भएको प्रदेश स्वास्थ्य आपतकालिन कार्यसञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए ।

मृतकको संख्या एक हजार नजिक

गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार नजिक पुगेको छ । मंगलबार साँझ ५ बजे सार्वजनिक तथ्यांकमा उल्लेख भएअनुसार गण्डकीमा हालसम्म ९७४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

जसमा सबैभन्दा धेरै कास्कीमा रहेका छन् । कास्कीमा हालसम्म ४१६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यस्तै, तनहूँमा १०६, स्याङ्जामा ११६, नवलपरासी पूर्वमा ९४, बागलुङमा ५९ जनाको कोरोना संक्रमणकै कारण मृत्यु भएको छ ।

यसैगरी पर्वतमा ५२, गोरखामा ४३, म्याग्दीमा ४२, लमजुङमा ३०, मुस्ताङमा १५ र मनाङमा एक जनाको कोरोनाका कारण मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांकमा उल्लेख छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

Like us on facebook