काठमाडौं । मन्त्रिपरिषद् पुनर्गठनबारे एक महिनादेखि प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष प्रचण्डबीच लगातार छलफल हुँदै आएको थियो । बुधबार बिहान पनि ओली र प्रचण्डबीच अढाइ घण्टा लामो छलफल भयो । तर, साँझ प्रचण्डको सहमतिबिनै मन्त्रिपरिषद पुनर्गठन भएको पूर्वमाओवादी खेमाको गुनासो छ । प्रचण्डनिकट स्रोतका अनुसार, दुई अध्यक्षबीचको भेटवार्ताका क्रममा मन्त्रिपरिषद् पुनर्गठनबारे सहमति जुटेको […]