• होमपेज
  • सिन्धुपाल्चोकमा नेकपाः आठ पालिका प्रचण्ड–नेपालमा, एक ओलीको पक्षमा
देश/प्रदेश

सिन्धुपाल्चोकमा नेकपाः आठ पालिका प्रचण्ड–नेपालमा, एक ओलीको पक्षमा

सिन्धुपाल्चोक– सिन्धुपाल्चोकका १२ स्थानीय तह मध्ये तत्कालीन नेकपा एमालेले सात स्थानीय तहमा चुनाव जितेको थियो । तत्कालीन एकीकृत नेकपा माओवादी केन्द्रले एक नगरपालिकासहित दुई स्थानीय तहमा चुनाव जितेको थियो ।

प्रतिनिधिसभा विघटनपछि नेकपामा प्रष्ट रुपमा दुई धार भएपछि त्यसको सामान्य असर सिन्धुपाल्चोकमा नेकपाले निर्वाचन जितेका स्थानीय तहमा पर्ने भएपनि अधिकाश स्थानीय सरकारका प्रमुखहरुले भने केन्द्रमा नेकपा विभाजन भएपनि त्यसले आफुहरुलाई काम गर्न कुनै समस्या नहुने प्रतिक्रिया दिएका छन् ।

विज्ञापन

हाल नेकपाको नौ स्थानीय तह मध्ये जुगल गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठ मात्रै नेकपाको ओली समुहमा छन् बाँकी आठ स्थानीय सरकारका प्रमुखहरु भने प्रचण्ड–माधव समुहकै नेकपामा भएकाले पार्टी विभाजनको खासै असर सिन्धुपाल्चोकमा नपर्ने स्थानीय सरकारका प्रमुखहरुले ठोकुवा  गरेका छन् ।

मेलम्ची नगरपालिकाका प्रमुख सिन्धुपाल्चोकका पुराना कम्युनिष्ट नेता डम्बर अर्यालले आफ्नो नगरपालिका भित्र नेकपा विभाजनको कुनै असर नपर्ने र हिजो जसरी विकास निर्माणका कामहरु अघि बढेका थिए अब पनि त्यसै गरी अघि बढ्ने अर्यालले ठोकुवा गरे ।

‘मेरो नगरपालिकामा मात्रै होइन सिन्धुपाल्चोकमा नै पार्टी विभाजनले कुनै असर गर्दैन’, अर्यालले भने, ‘तपाईँ लेखेर राख्नुहोस्, हामी आउने चुनावमा अहिलेको भन्दा बढी मत ल्याएर जित्छौं ।’ मेलम्ची नगरपालिकाको १३ वडा मध्ये तत्कालीन नेकपा एमालेले आठ र माओवादी केन्द्रले एउटा वडामा चुनाव जितेको थियो ।

चौतारा साँगाचोकगढी नगरपालिकामा तत्कालीन माओवादी केन्द्रले प्रमुख उपप्रमुखसहित बहुमत वडा अध्यक्ष जितेको थियो । पार्टी विभाजनले नगरपालिकामा केही असर नगर्ने चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख अमान सिं तामाङले बताए ।

नेकपाले चुनाव जितेको अर्काे नगरपालिका बाह्रविसेमा पनि पार्टी विभाजनले केही समस्या नहुने प्रमुख निमफुञ्जो शर्पाले बताए । स्थानीय तह निर्वाचनमा तत्कालीन नेकपा एमालेबाट प्रमुख र उपप्रमुखसहित चार वडा अध्यक्ष जितेको थियो ।

नगरकार्यपालिकामा नेपाली कांग्रेसको वहुमत छ । नेकपा जिल्ला सचिवाल सदस्यसमेत रहेका प्रमुख शेर्पाले पनि बाह्रविसे नगरपालिका मात्रै होइन सिगो १ नम्बर क्षेत्रमा पार्टी विभाजनले केही पनि नहुने दाबी गरे । हामी अहिले पनि प्रचण्ड–माधव समुहको आधिकारिक नेकपामा नै छांै, चुनाव जित्न केही बढी मिहिनेत गर्नुपर्ला त्यो हामी गर्छौं,’ शेर्पाले भने ।

बलेफी गाउँपालिकामा पनि पार्टी विभाजनले केही समस्या नहुने अध्यक्ष केदार क्षेत्रीले जानकारी दिए । केही वडामा थोरै समस्या भएपनि बलेफी गाउँपालिकामा नेकपा एक ढिक्का रहेको क्षेत्रीले दाबी गरे ।

गाउँपालिका महासंघका केन्द्रीय अध्यक्षसमेत रहेका जुगल गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठलाई भने ओली समुहबाट केन्द्रीय सदस्यमा मनोनित गरिएको छ । नेकपा विभाजनको असर जुगलमा भने केही पर्न सक्ने नेकपा नेताहरुले बताएका छन् ।

नेकपाले चुनाव जितेको पाँचपोखरी थाङपाल गाउँपालिका, त्रिपुरासुन्दरी गाउँपालिका, भोटेकोशी, लिसंखुपाखर गाउँपालिकाका अध्यक्ष–उपाध्यक्षलगायत वहुमत सदस्यहरु प्रचण्ड–नेपाल समुहमा नै रहेकाले पार्टी विभाजनले केही समस्या नहुने ती गाउँपालिकाका अध्यक्षहरुले बताएका छन् ।

नेकपा सिन्धुपाल्चोक जिल्ला कमिटीमा प्रचण्ड–माधव समुहकै वहुमत छ । चार प्रदेश मध्ये तीन प्रदेशमा नेकपाले जितेको छ तीमध्ये प्रतिनिधिसभा प्रदेशसभा ‘क’मा सासंद सरेश नेपाल मात्रै ओली समूहको केन्द्रीय सदस्य छन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook