• होमपेज
  • संयोजकलाई ऐन महरलाई बहुमतले कारवाही गर्ने सहसंयोजक तामाङको चेतावनी
Breaking News

संयोजकलाई ऐन महरलाई बहुमतले कारवाही गर्ने सहसंयोजक तामाङको चेतावनी

नेकपा विवाद अनेरास्वबियूमा

नेपाल कम्यूनिष्ट पाटी नेकपामा भएको विवाद भातृ संगठनहरुमा समेत देखा परेको छ । अनेरास्ववियूका सह संयोजक रंजित तामाङले ओली गुटको भेला गर्दै हिँडेको भन्दै संयोजक ऐन महरलाई बहुमतले कारवाही गर्ने चेतावनी दिएका हुन् ।

पर्वतको कुस्मामा संचारकर्मीहरुसँगै संक्षिप्त कुराकानी गर्दै ओलीको भजन मण्डलीको रुपमा महरले केही विद्यार्थीहरुलाई लिएर गरेको भेलालाई सानो झुण्डको संज्ञा दिँदै आगामी दिनमा यस्तो कार्य नदोहो¥याउन चेतावनी दिएका हुन् ।

विज्ञापन

‘हामीसँगै केन्द्रीय कमिटिमा पूर्ण बहुमत छ’, उनले भने–‘केही सिमित व्यक्तिलाई लिएर अनेरास्वबियूको नाममा गरेको भेला नरोकिए बहुमतले कारवाही गर्छौं ।’ तामाङले अनेरास्वबियू सदैब विद्यार्थीको एजेण्डा बोकेर आन्दोलनमा लडिरहन्छ तर केही व्यक्ति आन्दोलन छाडेर ओलीको संरक्षणमा लाग्दा आन्दोलन नै धरापमा परेको बताए ।

उनले सरकारले गरेको गलत कार्यहरुलाई बिरोध गर्ने बताउँदै विद्यार्थीहरु सरकारको भजन मन्डली बन्न नसक्ने तर्क गरे । अनेरास्वबियू सरकारको शसक्त बिरोध गर्न र रचनात्मक कामको समर्थन गर्न सक्छ उनले भने–कुनै व्यक्तिको पक्ष पोषणमा लागेमा संगठनले नैतिकता गुमाउँछ ।

पार्टीमा रहेको विवाद स्वभाविक रहेको बताउँदै कम्यूनिष्ट पार्टीमा बहस र अन्तरविरोध हुने भएपनि बहुमत र जनबादी केन्द्रीयता नमान्ने जो कोहीलाई पनि कारवाही गर्न सकिने बताए । तामाङले ओलीको स्वेच्छाचारिता रोक्न अहिले पार्टी भित्र बिधीको बहस चलेको बताउँदै बिधी नमान्नेलाई कारवाही गर्न हिम्मत गर्न नेतृत्वलाई समेत सुझा दिए ।

यता म्याग्दीका विद्यार्थी नेता स्व. यामनाथ पौडेलले श्रद्धाञ्जली सभामा समेत गुटगट असर देखियो । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली पक्षीय जिल्ला संयोजक सुवास विश्वकर्माको टोलीले बिहीबार पौडेलको घरमा पुगेर श्रद्धाञ्जली सभा गरेका थिए ।

ओली पक्षको अवरोधका बाबजुद नेकपाका अध्यक्ष प्रचण्ड निकट अनेरास्वयीयुका केन्द्रीय सहयंयोजक रञ्जित तामाङ समेतको उपस्थितिमा शुक्रबार अर्को श्रद्धाञ्जली सभा भएको छ ।

श्रद्धाञ्जली सभामा सहभागी हुन आएका तामाङलाई शुक्रबार बेनीमा ओली निकट मानिने अनेरास्ववियूका विद्यार्थीहरुले अवरोध गर्न खोज्दा केही समय तनाब भएको थियो ।

होटल याकमा पत्रकारहरुसँग भेटघाट गरेर बाबियाचौर तर्फ जान लागेका तामाङलाई ओली पक्षीय जिल्ला संयोजक सुवास विश्वकर्माको नेतृत्वको समुहले गुटगत भेला र कार्यक्रम गरेको आरोप लगाउँदै अवरोधको प्रयास गरेका थिए ।

होटलमै दुवै समुहबीच झडपको अवस्था सिर्जना भएको थियो । ओली निकट विद्यार्थी नेताहरुले प्रचण्ड–माधव नेपाल निकट विद्यार्थीहरुलाई हात हाल्न खोजेका थिए । दुवै समुहका बीच ठेलमठेलको अवस्था आएको थियो । प्रहरीको टोली पुगेपछि विवाद साम्य भएको थियो ।

‘सह–संयोजक तामाङ श्रद्धाञ्जली सभामा भाग लिन आउनुभएको हो, उहाँ आउने जानकारी संयोजक सहित संगठनको कार्यालय टिमलाई जानकारी गराईएको थियो,’ अनेरास्ववियूका जिल्ला सह–संयोजक रेशम कटुवालले भने ‘पत्रकार सँग भेटघाट गरौं भनेर कार्यक्रम आयोजना गरिएको हो, कुनै गुटको भेला तथा कार्यक्रम थिएन, पत्रकार सम्मेलन सकिएकै समयमा उहाँहरु (ओली निकट) एक्कासी आएर अराजगता मच्चाउन खोज्नु भएको हो ।’

कार्यक्रममा सबैलाई बोला पनि भेटघाटको लागि समेत नआएको र पत्रकार सम्मेलनलाई गुटगत भेला भनेर अराजग समुह लिएर विथोल्ने प्रयास खेदजनक रहेको सह–संयोजक कटुवालले बताए ।

अनेरास्वीयूका जिल्ला संयोजक विश्वकर्माले भने म्याग्दी आउँदा आफुलाई जानकारी नदिएको आरोप सहित गुटगत भेला गर्न खोजेकाले त्यस्तो कार्यलाई रोक्नुपर्ने बताएका थिए । केन्द्रीय सहसंयोजक जिल्लामा आउँदा समग्र अनेरास्ववियू सहितको टोलीलाई भेट्नु पर्नेमा गुटगत रुपमा भेला गर्न खोजेकाले अवरोध गरेको उनले बताए ।

विद्यार्थी नेता पौडेलको गत शुक्रबार उपचारका क्रममा निधन भएको थियो । पौडेल तत्कालिन अखिल क्रान्तिकारीका जिल्ला उपाध्यक्ष थिए । तामाङ सहित सहभागी भएर श्रद्धाञ्जली सभा कार्यक्रको आयोजना गर्ने भनी छलफल चलाएलगत्तै ओली निकट विद्यार्थीहरुले विहिवार साँझ नै श्रद्धाञ्जली सभा गरेका जिल्ला सहसयोजक कटुवालले बताए ।

पत्रकार भेटघाटमा तामाङले पार्टी, सरकार र नेताको गलत प्रवृति, गतिबिधि र निर्णयलाई रचनात्मक आलोचना र खबरदारी गर्नुपर्ने बताएका थिए ।  ‘पार्टीका नेताहरुले जनतासँग गरेका प्रतिबद्धता भुल्न हुदैन् । एकताको सैदान्तिक, राजनीतिक र संगठनात्मक आधारबाट बिचलित भएर दायाबाया गर्न हुदैन्,’ उनले भने ‘यो सरकारले मनपरी गर्ने छुट छैन् । विधि र विधानमा रहेर काम गर्नुपर्छ ।’

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

Like us on facebook