• होमपेज
  • प्रमुख तीन दलको बैठक सम्पन्न, सरकारी कदमको कडा प्रतिरोध गर्ने निर्णय
Breaking News

प्रमुख तीन दलको बैठक सम्पन्न, सरकारी कदमको कडा प्रतिरोध गर्ने निर्णय

काठमाडौं, ५ पुस । सत्तारुढ दल नेकपा, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र प्रतिपक्षी दल जनता समाजवादी पार्टीबीचको बैठक सकिएको छ । आइतबार साँझ बैठकले सरकारको असंवैधानिक र अलोकतान्त्रिक कदमको सबै प्रकारले विरोध र प्रतिरोध गर्ने निर्णय गरेको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

सरकारले संसद विघटन गर्दै नयाँ निर्वाचनको मिति घोषणा गरेपछि उक्त कदममा असहमति राख्ने तीन दलबीच संयुक्त बैठक बोलाइएको थियो ।

विज्ञापन

नेकपाको पहलमा कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकमा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ र देव गुरुङ सहभागी थिए । त्यस्तै कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रमुख सचेतक बालकृष्ण खाँड र मिनेन्द्र रिजालका साथै जसपाका डा. बाबुराम भट्टराई र राजेन्द्र महतो उपस्थित थिए ।

बैठकले संसद विघटन गर्न प्रधानमन्त्रीले गरेको सिफारिस र त्यसलाई अनुमोदन गर्ने राष्ट्रपतिको कदम दुवै असंवैधानिक र अलोकतान्त्रिक भएको निष्कर्ष निकालेको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

बैठकमा सहभागी भएपछि जसपा अध्यक्ष डा. बाबुराम भट्टराईले भने, ‘जसपा,नेका र नेकपाका शीर्ष नेताहरू नेका संसदीय दलको अफिसमा बसियो।प्रम केपी ओलीको संसद विघटन गर्ने कदम असंवैधानिक/अलोकतान्त्रिक/निरंकुश रहेको ठहर गरियो।यसकाविरूद्ध सबै प्रकारले संघर्ष गर्ने समझदारी गरियो।यो सरकार अब कुन पार्टीको हो नेकपाले छिटो स्पष्ट गरोस् भन्ने प्रश्न पनि गरियो ।’

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook