समाचार

राष्ट्रपतिको निर्वाचन फागुन २५ मा गर्ने निर्णय
राष्ट्रपतिको निर्वाचन फागुन २५ मा गर्ने निर्णय

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको मिति तय गरेको छ । आयोगले राष्ट्रपतिको निर्वाचन आगामी फागुन २५ गते बिहीबार र उपराष्ट्रपतिको निर्वाचन चैत ३ गते शुक्रबार हुनेगरी आज (सोमबार) मिति तोकेको हो । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उक्त निर्णयका आधारमा आयोगले आजै निर्वाचन कार्यक्रम सार्वजनिक गर्ने जानकारी दिनुभयो । आयोगले सोबारे नेपाल सरकारका […]

  • २ years अगाडि
निर्माण सामग्री अभावमा मालढुङ्गा–बेनी सडक ठप्प
निर्माण सामग्री अभावमा मालढुङ्गा–बेनी सडक ठप्प

म्याग्दी । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत पर्वतको मालढुङ्गादेखि म्याग्दीको बेनीबजार जोड्ने मालढुङ्गा–बेनी सडक स्तरोन्नतीको काम ठप्प बनेको छ । कालीगण्डकी नदीबाट निर्माण सामग्री उत्खनन गर्न नपाएपछि म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडक स्तरोन्नतिको काम अलपत्र बनेको हो । पर्वतको कुश्मा नगरपालिका–१ मा पर्ने मालढुङ्गाबाट जलजला गाउँपालिका– ८, ७, ४ र ३ हुँदै बेनी जोड्ने […]

  • २ years अगाडि
समाजवादी प्रेस संगठनले सुदूरपश्चिम र कर्णाली प्रदेशको भेला फागुनमा गर्ने
समाजवादी प्रेस संगठनले सुदूरपश्चिम र कर्णाली प्रदेशको भेला फागुनमा गर्ने

काठमाडौँ ।  नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवाद) निकट समाजवादी प्रेस सङ्गठनले आगामी फागुन १५ गतेभित्र सुदूरपश्चिम र कर्णाली प्रदेशको भेला गर्ने भएको छ । संगठनको भेलालगत्तै लुम्बिनी प्रदेशको विस्तारित बैठकका साथै फागुन मसान्तभित्र सबै जिल्ला सम्मेलन सम्पन्न गर्न लागिएको छ । नीतिगत सुझाव दिन अध्यक्ष शम्भु श्रेष्ठको नेतृत्वमा तीन सदस्यीय नीतिगत सुझाव समिति गठन गरिएको […]

  • २ years अगाडि
गृहमन्त्रालयको जिम्मेवारी प्रचण्डलाई
गृहमन्त्रालयको जिम्मेवारी प्रचण्डलाई

काठमाडौं: रवि लामिछानेले गृहमन्त्रीबाट राजीनामा दिएपछि त्यसको जिम्मेवारी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिइएको छ। राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै लामिछानेले नेपालको संविधानको धारा ७७ को उपधारा २ को खण्ड क बमोजिम मन्त्री पदबाट राजीनामा दिएपछि प्रधानमन्त्रीको सिफारिसमा ग‌ृहमन्त्रालयको कार्यभार प्रचण्डलाई तोकिकएको जनाइएको छ।

  • २ years अगाडि
एसईई परीक्षा चैत १७ देखि (तालिकासहित)
एसईई परीक्षा चैत १७ देखि (तालिकासहित)

काठमाडौंः माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को परीक्षा तालिका सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०)ले परीक्षा तालिका सार्वजनिक गरेको हो। एसईई चैत्र १७ गतेदेखि २९ गतेसम्म बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ। यसअघि बोर्डले माघ ९ गतेदेखि एसईई सञ्चालन गर्ने प्रस्ताव गरेको थियो। बोर्डको माघ ११ को निर्णय अनुसार २०७९ […]

  • २ years अगाडि
रवि लामिछानेको पक्षमा काठमाडौंमा प्रदर्शन
रवि लामिछानेको पक्षमा काठमाडौंमा प्रदर्शन

काठमाडौं: सर्वोच्चले रवि लामेछानेको सांसद पद खारेज गरेपछि उनको पक्षमा काठमाडौंमा प्रदर्शन भएको छ। शनिबार काठमाडौंको माइतीघरमा उनका समर्थकले लामिछानेको पक्षमा प्रदर्शन गरेका हुन्। देश बनाउने अभियानमा लागेकै कारण लामिछानेलाई फसाइएको प्रदर्शनमा सहभागीको आरोप छ। प्रदर्शनकारीले प्रशासनको विरोधमा नारावाजी पनि गरेका थिए। सर्वोच्चले शुक्रबार नागरिकता सम्बन्धी विवादमा मुद्दामा सांसद पदमा रहन अयोग्य भएको फैसला गरेको […]

  • २ years अगाडि
परराष्ट्र र शिक्षामा एनजिओकर्मी, शहरीमा ठेकेदार र म्यानपावर व्यवसायीलाई श्रम
परराष्ट्र र शिक्षामा एनजिओकर्मी, शहरीमा ठेकेदार र म्यानपावर व्यवसायीलाई श्रम

काठमाडौं । मन्त्रिपरिषद् विस्तार हुँदा मन्त्रालयगत स्वार्थ बाझिने गरी केही मन्त्री नियुक्त भएका छन् । मन्त्रिपरिषद् विस्तार हुँदा परराष्ट्र मन्त्रालय र शिक्षा मन्त्रालयको जिम्मेवारी एनजिओकर्मीले पाएका छन् भने शहरी विकास मन्त्रालयमा ‘क’ वर्गको ठेकेदार भित्रिएका छन् । यस्तै, श्रम मन्त्रालय म्यानपावर व्यवसायीको हातमा पुगेको छ । एमालेको तर्फबाट परराष्ट्र मन्त्रालयको जिम्मेवारी पाएकी विमला राई पौड्याल […]

  • २ years अगाडि
२२ दिनमा ६ पटक शक्तिशाली भूकम्पको धक्का
२२ दिनमा ६ पटक शक्तिशाली भूकम्पको धक्का

डोटी । नेपालमा पछिल्लो २२ दिनमा ६ पटक भूकम्पको धक्का महसुस गरिएको छ । यही कात्तिक २ गतेदेखि २३ गतेसम्म ६ पटक भूकम्पले धक्का दिएको हो । भूकम्प मापन केन्द्रका अनुसार चार रेक्टर स्केलभन्दा माथिका ६ पटकसम्म भूकम्प गएको हो । कात्तिक २ गते दिउँसो ३ बजेर ७ मिनेटमा सिन्धुपाल्चोकलाई केन्द्र बनाएर गएको भूकम्प ५.९ […]

  • २ years अगाडि
आचारसंहिता अनुगमनमा कडाइ गर्न प्रमुख आयुक्तको निर्देशन
आचारसंहिता अनुगमनमा कडाइ गर्न प्रमुख आयुक्तको निर्देशन

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनमा वित्तीय सुशासन कायम र आचारसंहिताको अनुगमनमा कडाइ गर्न जिल्ला आचारसंहिता अनुगमन अधिकृत एवं कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुखहरूलाई निर्देशन दिनुभएको छ । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि निर्वाचन आयोग र महालेखा नियन्त्रणको कार्यालयले आज भर्चुअलरूपमा आयोजना गरेको निर्वाचन व्यवस्थापनमा आर्थिक प्रशासनसम्बन्धी […]

  • २ years अगाडि
नौजना स्वतन्त्र उम्मेदवारसँग स्पष्टीकरण माग
नौजना स्वतन्त्र उम्मेदवारसँग स्पष्टीकरण माग

निर्वाचन आयोगले राजनीतिक दलको निर्वाचन चिह्न लौरोलाई स्वतन्त्र उम्मेदवारको चिह्न भनी प्रचारप्रसार गर्ने नौजना स्वतन्त्र उम्मेदवारसँग स्पष्टीकरण सोधेको छ। आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनका लागि मनोनयनपत्र दर्ता गराएका हाम्रो नेपाली पार्टीका विभिन्न उम्मेदवारहरूले आफूलाई स्वतन्त्र उम्मेदवार भन्दै लौरो चिन्हबाट प्रचारप्रसार गरेको विषयमा स्पष्टीकरण सोधेको हो। आयोगका सहसचिव एवं प्रवक्ता  […]

  • २ years अगाडि
देशभरका प्याराग्लाइडिङ उडानमा रोक
देशभरका प्याराग्लाइडिङ उडानमा रोक

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले देशैभरका प्याराग्लाइडिङ उडानमा रोक लगाएको छ। प्याराग्लाइडिङ सेवालाई थप सुरक्षित र व्यवस्थित गर्न अर्को व्यवस्था नहुन्जेलसम्म सेवा स्थगित गरिएको प्राधिकरणका उपमहानिर्देशक एवं प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए। उनले भने, ‘सुरक्षा व्यवस्थालाई मजबुत बनाउने उद्देश्यले अर्को व्यवस्था नहुन्जेलसम्मका लागि देशैभरका प्याराग्लाइडिङ स्थगित गरिएको छ।’ प्राधिकरणले प्याराग्लाइडिङ उडान खेलसम्बन्धी नीति, नियम तथा कानुनहरू […]

  • २ years अगाडि
पर्वत ठुलिपोखरी पोखरा सम्पर्क समाजको अध्यक्षमा सुबेदी
पर्वत ठुलिपोखरी पोखरा सम्पर्क समाजको अध्यक्षमा सुबेदी

पोखरा । पर्वत ठुलीपोखरीबाट पोखरा आइ बसेकाहरुको संस्था पर्वत ठुलीपोखरी पोखरा सम्पर्क समाजको तेस्रो साधारणसभा तथा अधिबेशन सम्पन्न भएको छ । अधिबेशनले ठाकुर प्रसाद सुबेदीको अध्यक्षतामा नयाँ समिति निर्वाचित गरेकोछ । नव निर्वाचित समितिको उपाध्यक्षमा शिव प्रसाद लामिछाने, बेदी प्रसाद सुवेदी, सचिबमा ॠषिराम पौडेल, कोषाध्यक्षमा शम्भु पौडेल, सहसचिबमा सीता कुमारी पौडेल सुवेदी र सदस्यहरुमा सुरेश […]

  • २ years अगाडि