• होमपेज
  • मनै लोभ्याउने बाटुलेचौर क्षेत्र (फोटो फिचर)
Breaking News

मनै लोभ्याउने बाटुलेचौर क्षेत्र (फोटो फिचर)

पर्वत । नजिकै धौलागिली, निलगिरी, माछापुच्छ्रे र अन्नपुर्ण रेन्जका सेता हिमाल, चारै तिर खुलेका हरिया डाडाँहरु, छेवैमा मनमोहक सल्लाघारी, सगैँ कलात्मक शैलीको कालिका भगवतीको मन्दिर र बिचमा पाहुनाहरुलाई स्वागत गर्न बसेको किङ्ग फिसर होम स्टे । झन्ट सुन्दा यो कतै पोखरा सराङ्गकोट, पुर्बको भेडेटार वा भक्तपुरको नगरकोटको ब्याख्या गरे जस्तो लाग्छ, तर यहाँ हामीेले बर्णन गरेको ठाउँ निकै भिन्न र नयाँ हो, पर्बतको ठुलीपोखरी बाटुलेचौर ।

बाटुलेचाैरमा रहेकाे शल्लाघारी ।

विज्ञापन

पोखरादेखी कुश्माभन्दा अली वर दोबिल्लाबाट १० किलोमिटर, सिल्मी हुदै पुगिने यो ठाउँ, पर्बत जिल्लाको कुश्मा नगरपालिका १२ ठुलीपोखरी गाउँको शिखर बाटुलेचौर हो । यहाँ पुगे पछी जो कसैलाई बाटुलेचौरको सुन्दरताले उद्धेलित बनाउछ । बाटुलेचौरमा पाईला टेके पछी दोबिल्ला देखी अनेकौ घुम्ती हुदै, धेरै पक्की र केही कच्ची सडक हुदै गरेको यात्राको थाकन र शंसय एकै पटक मेटिन्छ । बाटुलेचौर पुग्ने अर्को सडक हो, पोखराको छोरेपाटन स्याङजा नागडाडाँ, जुब्ले, कार्टिनेटा हुदै बाटुलेचौर हाे। घुम्न जानेहरुका लागी पोखरा देखी कुश्मा दोबिल्ला हुदै, बाटुलेचौर मज्जा लिएर कार्कीनेटा, नागडाडाँ हुदै पोखरा निस्किदा १ दिनमा सकिने राम्रो आउटिङ्ग प्लान बन्छ ।

कुश्मा– १२, ठुलीपाेखरी डाडाँमा रहेकाे बाटुलेचाैरमा सञ्चालित किङफिसर हाेम स्टे, पारी पट्टी राम्जा र हिमशृङखला ।

त्यसो त हामीसगँ सयौ यस्ता मनोमोहन दृश्यले भरिएका अनेक डाडाँहरु छन्, ति मध्ये केही निकै चर्तित पर्यटकिय गन्तब्य बनिसकेका छन् । नेपालको पर्यटकिय गन्तब्यमा डाँडाहरुको निकै महत्व छ, इलामको श्रीअन्तु, धरानको भेडेटार, काठमान्डौ सगैँका चन्द्रगिरी र नगरकोट, पोखराका सराङ्गकोट र पुम्दिकोट अनी पर्यटन तान्दै गरेको बागलुङ्गको पञ्चकोट, यसका उदाहरण हुन् ।

बाटुलेचाैर र सगैँ ठुलीपाेखरी गाउँ ।

कतिपय ठाउँ प्रकृतिक हिसाबले सुन्दरता हुदा हुदै पनी प्रचार प्रचारको अवाभमा पछी परेका छन्, त्यसै एक उदाहरण हो, पर्बत कुश्मा नगरपालिका १२ ठुली पोखरीमा रहेको बाटुलेचौर । छेवैमा ११० बर्षको पुरानो भगवती मन्दिर छ । पण्डित रंगनाथ सन्तानले उक्त मन्दिर स्थापना गरेका इतिहाश भेटिन्छ । भगवतीको दर्शन र्गदा आफ्नो मनोकाङक्षा पुर भएको भन्दै दर्शनका लागी भक्तजनहरु ऋाउने क्रम बढेको मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष गणेश पौडेलले बताए ।

बाटुलेचाैर डाँडामा रहेकाे कालिका भगवतीकाे मन्दिर ।

मन्दिरको छेवैमा होमस्टे समेत रहेको छ । लामो समय लेकसाइड पोखरामा होटल ब्यवसाय गरेर बसेका बाबुराम आर्चायले चिटिक्कको होम स्टे सञ्चालन गरेका छन् । उनको किङ फिसर एग्रो एण्ड होम स्टेमा उनी पाहुनाँलाई सकेसम्म स्थानिय उत्पादनबाटै परिकारहरु खुहाउछन् । भबियष्यमा आफ्नै सम्पुण उत्पादनको सहित दिगो र आत्मनिर्भर ग्रामिण पर्यटनको उदारणिय पर्यटकिय गन्तब्य बनाउने सपना सहित आफु गाउँ फर्केको उनले बताए ।

ठुलीपोखरी हाइट घुम्न जाने पर्यटकलाइ होम स्टे बस्ने, खाने मात्रै होइन, पिकनिक, पारिवारिक वा संस्थागत जमघट, क्याप्पिङ्ग जस्ता सुबिधा पनी थपिदिएको छ ।

ठुलीपाेखरी गाँउ ।

यो समाचार हामीले हेरालो खबर डटकमबाट सम्पादन गरि प्रकशन गरिएको हो ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook