• होमपेज
  • गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारीको नियुक्तिविरुद्ध परेको रिट खारेज
Breaking News

गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारीको नियुक्तिविरुद्ध परेको रिट खारेज

काठमाडौँ- सर्वोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्तिविरुद्ध परेको रिट खारेज गरिदिएको छ ।

सोमबार सर्वोच्चका न्यायाधीश सपना मल्ल प्रधान  र सारंगा सुवेदीको इजलासले पूर्वमुख्यमन्त्री तथा कांग्रेस संसदीय दलको नेता सुरेन्द्रराज पाण्डेले दर्ता गरेको रिट खारेज गरिदिएको हो ।

विज्ञापन

सर्वोच्चले मुख्यमन्त्रीसँग बहुमत भए नभएको परीक्षण प्रदेशसभामा बाटै हुने विकल्ल रहेको भन्दै अधिकारीको नियुक्ति बदर र पाण्डेलाई मुख्यमन्त्री बनाउन परमादेश दिन अस्वीकार गरेको हो ।

अधिकारीले सभामुखलाई समेत गणना गरेर मुख्यमन्त्री दाबी पेस गर्नु भएको थियो । सोही दाबीका आधारमा अधिकारीलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले चैत १५ मा मुख्यमन्त्रीमा नियुक्त गर्नु भएको थियो । निवर्तमान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सो नियुक्ति अवैध भएको जिकिर गर्दै सर्वोच्चमा रिट दायर गर्नु भएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook