गण्डकी प्रदेश

मंगलबारदेखि बागलुङ नगरपालिकामा निषेधाज्ञा घोषणा
मंगलबारदेखि बागलुङ नगरपालिकामा निषेधाज्ञा घोषणा

बागलुङ। कोरोनाभाइरसको जोखिम बढेको भन्दै बागलुङ नगरपालिकामा बैशाख २१ गतेदेखि लकडाउन घोषणा भएको छ । नगरपालिकाका मेयर जनकराज पौडेलले २१ गते विहान ६ देखि निषेधाज्ञा घोषणा गरिएको जनाएका हुन् । स्वास्थ्य मन्त्रालयले बागलुङ सदरमुकामलाई कोरोना अति प्रभावित जिल्लाको रुपमा राखेको छ । आइतबार बागलुङमा ६ जना संक्रमित थपिएका छन् । यसअघि भाइरसको संक्रमण रोक्न बलेवा […]

  • ३ years अगाडि
कास्कीमा थप कडाइ, थपियो १० दिन निषेधाज्ञा
कास्कीमा थप कडाइ, थपियो १० दिन निषेधाज्ञा

पोखरा । कोरोना महामारी बढेको भन्दै कास्कीको लकडाउनलाई थप कडाइ गरिएको छ । जारी लकडाउनलाई थप कडाइ गर्दै २१ देखि ३१ गतेसम्म निरन्तरता दिइएको छ । १३ गते जारी गरेको निषेधाज्ञामा २१ गतेसम्म आंशिक लकडाउन गरिएको थियो । उक्त लकडाउनमा निजी तथा सार्वजनिक सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरिएको थियो । तर, आइतबार जारी आदेशमा […]

  • ३ years अगाडि
गण्डकीमा अविश्वास प्रस्ताव : विपक्षी मोर्चाको बैठक बस्दै
गण्डकीमा अविश्वास प्रस्ताव : विपक्षी मोर्चाको बैठक बस्दै

पोखरा : गण्डकी प्रदेशका चार विपक्षी दलको बैठक आइतबार बस्ने भएको छ । प्रदेश सभामा दर्ता भएको अविश्वास प्रस्तावबारे छलफल गर्न ४ दलको संयुक्त बैठक बस्न लागेको हो । नेपाली कांग्रेसका सांसद कुमार खड्का अविश्वास प्रस्तावबारे अन्तिम छलफल गर्न बैठक बोलाइएको बताए । विशेष अधिवेशन सुरु हुनुअघि पार्टीको अवस्था बुझ्न बैठक राखिएको उनले भनाइ छ । […]

  • ३ years अगाडि
कुश्माका विद्यालय एक हप्ता बन्द
कुश्माका विद्यालय एक हप्ता बन्द

कोरोना संक्रमण समुदायमा बढ्न थालेपछि पर्वतको कुश्मा नगरपालिकाले विद्यालयको पठनपाठन एक हप्ताका लागि बन्द गर्ने निर्णय गरेको छ । बिहीवार भएको नगर शिक्षा समितिको बैठकले कुश्मा नगरपालिकाभित्रका विद्यालयमा भौतिक उपस्थितिमा हुने पठनपाठन शुक्रवारदेखि बन्द गर्ने र वैकल्पिक माध्यमबाट पठनपाठन गर्ने निर्णय गरेको हो । नगरप्रमुख रामचन्द्र जोशीले सिमाना जोडिएको बागलुङको बलेवामा व्यापक रूपमा कोरोना संक्रमण […]

  • ३ years अगाडि
गण्डकीमा कोरोनाले थप एक जनाको मृत्यु
गण्डकीमा कोरोनाले थप एक जनाको मृत्यु

पोखरा, ६ बैशाख/ पोखरा कोरोनाका कारण थप एक जनाको मृत्यु भएको छ । आइतबार पोखराको चरक मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा विनोद विन्दु शर्माले जानकारी दिए । चैत ३१ कोरोना संक्रमण उपचाररत पोखरा महानगरपालिका वडा १६ का ६५ बर्षिय पुरुषको कोरोनाका कारण मृत्यु भएको शर्माले जानकारी दिए । यो […]

  • ३ years अगाडि
७ वर्षीया बालिकालाई करणी प्रयास गरेको आरोपमा फलेवासका ५८ बर्षीय दुर्गाराज पक्राउ
७ वर्षीया बालिकालाई करणी प्रयास गरेको आरोपमा फलेवासका ५८ बर्षीय दुर्गाराज पक्राउ

पर्वत/ सात बर्षकी बालिकालाई जवजस्ती करणी गरेको आरोपमा फलेवास नगरपालिकाका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पर्वतको फलेवास नगरपालिका–७ लिमिठानाका ५८ बर्षीय दुर्गाराज पाण्डेलाई प्रहरीले पक्राउ गरेको हो । बैशाख १ गते घरमा कोही नभएको मौका पारेर पाण्डेले करणीको प्रयास गरेका थिए । पीडित बालिकाका अभिभावले प्रहरीमा खवर गरेपछि भोलीपल्ट उनलाई पक्राउ गरिएको जिल्ला […]

  • ३ years अगाडि
बैशाख ७ गते सार्वजनिक विदा
बैशाख ७ गते सार्वजनिक विदा

आगामी बैशाख ७ गते परेको चैते दशैंको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरिएको छ । गण्डकी प्रदेश सरकारले चैते दशैंमा गण्डकी प्रदेशभर सार्वजनिक विदा हुने भएको हो । चैत १७ गते बसेको मन्त्रिपरिषद्को बैठकले गण्डकी प्रदेशमा चैते दशैंसहित ५ चाडपर्वमा विदा दिने गरी राजपत्रमा प्रकाशित गरेको हो । राजपत्रअनुसार ०७८ सालमा चैते दशैंसहित ईद, तमुल्होसार, […]

  • ३ years अगाडि
साहसिक खेलको हब बन्दै पर्वत, विश्वकै लामो लठ्ठामा झुन्डिने खेल निर्माण चरणमा
साहसिक खेलको हब बन्दै पर्वत, विश्वकै लामो लठ्ठामा झुन्डिने खेल निर्माण चरणमा

पर्वत। अग्ला र लामा झलुङ्गे पुलको क्षेत्र भनेर चिनिएको पर्वतको कुश्मा पछिल्लो समय एड्भेन्चर पारखीको आकर्षणको केन्द्र बन्दै गइरहेको छ। यहि माहोललाई मध्यनजर गरेर हार्नेस जिपलाइन प्रालिले रिसोर्ट सहित जिपलाइन, ह्युमन स्लिङसट र सिसाको स्काई ब्रिजको निर्माण सुरु गरेको छ। एकै पटकमा दुई अलग लाइनमा सुपरम्यान र क्लासिक खेल्न सकिने जिपलाइनको ८० प्रतिशत काम सम्पन्न […]

  • ३ years अगाडि
गण्डकीमा गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता, मुख्यमन्त्रीका लागि कृष्णचन्द्र नेपालीलाई प्रस्ताव
गण्डकीमा गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता, मुख्यमन्त्रीका लागि कृष्णचन्द्र नेपालीलाई प्रस्ताव

काठमाडौं । गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । चालू अधिवेशन अन्त्य गरिएपछि तीन दलले संसद् सचिवालयमार्फत तीन दलले मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव दर्ता गराएका हुन् । कांग्रेसका १५, माओवादी केन्द्रका ११ र जसपाका दुई गरी २८ जना सांसदको हस्ताक्षर रहेको अविश्वासको प्रस्ताव संसद सचिवालयमा दर्ताका लागि बुझाएका छन् । अविश्वासको […]

  • ३ years अगाडि
जन्म दिनमा विपन्न विद्यार्थीलाई सहयोग
जन्म दिनमा विपन्न विद्यार्थीलाई सहयोग

पर्वत/पर्वतको कम्युनिष्ट पार्टीका संस्थापक तोयनाथ चालिसेले आफ्नो ८१ औं जन्म दिनको अवसरमा विपन्न बालबालिकालाई शैक्षिक सामाग्री हस्तान्तरण गरेर मनाउनुभएको छ । सदरमुकाम कुस्मामा रहेको शिवालय माध्यामिक विद्यालयमा अध्यायनरत १ सय जना विपन्न बालिबालिकाहरुलाई झोला तथा स्टेशनरी सामान वितरण गर्नुभएको हो । शिवालय माविका संस्थापक अध्यक्ष समेत रहेका चालिसेले आँफैले अक्षयकोषको स्थापना गरि बालबालिकालाई सहयोग गर्दै […]

  • ३ years अगाडि
पर्वतका ३२ सामुदायिक वनमा डढेलो
पर्वतका ३२ सामुदायिक वनमा डढेलो

पर्वत । गर्मीयाम शुरु भएसँगै देशका विभिन्न ठाउँमा आगलागीका घटना बढेका छन् । लामो समय खडेरी पर्नु र हावाहुरीलगायतका कारण आगलागीका घटना बढ्दै गएका हुन् । पर्वतमा यस वर्ष करीब २०० हेक्टरभन्दा बढी क्षेत्रफलको वनमा आगलागी भएको छ । जिल्ला वन कार्यालयको तथ्यांकअनुसार पर्वतका करिब ३२ वटा सामुदायिक वनमा यसवर्ष आगलागी भएको छ । गर्मीसँगै […]

  • ३ years अगाडि
गण्डकी प्रदेशमा कोरोना सङ्क्रमणबाट दुईजनाको मृत्यु
गण्डकी प्रदेशमा कोरोना सङ्क्रमणबाट दुईजनाको मृत्यु

पोखरा । गण्डकी प्रदेशमा कोरोना सङ्क्रमणबाट सोमबार दुईजनाको मृत्यु भएको छ । तनहुँ र कास्कीका एक-एक पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु भएको हो । तनहुँको शुक्लागण्डकी नगरपालिकाका ५१ वर्षीय पुरुषको चरक मेमोरियल अस्पतालमा मृत्यु भएको स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए । ती पुरुषमा यही चैत २३ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । कास्कीको […]

  • ३ years अगाडि