• होमपेज
  • गण्डकीमा गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता, मुख्यमन्त्रीका लागि कृष्णचन्द्र नेपालीलाई प्रस्ताव
Breaking News

गण्डकीमा गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता, मुख्यमन्त्रीका लागि कृष्णचन्द्र नेपालीलाई प्रस्ताव

काठमाडौं । गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ ।

चालू अधिवेशन अन्त्य गरिएपछि तीन दलले संसद् सचिवालयमार्फत तीन दलले मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव दर्ता गराएका हुन् ।

विज्ञापन

कांग्रेसका १५, माओवादी केन्द्रका ११ र जसपाका दुई गरी २८ जना सांसदको हस्ताक्षर रहेको अविश्वासको प्रस्ताव संसद सचिवालयमा दर्ताका लागि बुझाएका छन् ।

अविश्वासको प्रस्ताव दर्ता गराउने क्रममा तीन दलले अबको मुख्यमन्त्रीका लागि कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोख्रेललाई प्रस्ताव गरेका छन् ।

बुधबार राति चालू अधिवेशन नै अन्त्यको घोषणा गरिएपछि गण्डकीमा कांग्रेस, माओवादी र जसपा आक्रोशित बनेका छन् । संसद् अधिवेशन अन्त्य गर्नु अवैधानिक भएको उनीहरुको निष्कर्ष छ ।

आज संसद्मा अविश्वासको प्रस्ताव ल्याउने उनीहरुको तयारी थियो । मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्नेमा उल्टै अधिवेशन नै अन्त्य गरी गैर संवैधानिक कार्य गरेको तीन दलको आरोप छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

Like us on facebook