• होमपेज
  • पर्वतको कुश्मामा ग्यासको कृत्रिम अभाव, प्रशासनको अनुगमन फितलो
Breaking News

पर्वतको कुश्मामा ग्यासको कृत्रिम अभाव, प्रशासनको अनुगमन फितलो

कुश्मा, पर्वत । पर्वतको कुश्मा बजारमा खाना पकाउने एलपी ग्यासको अभाव देखिन थालेपछि उपभोक्ता समस्यामा परेका छन्। बजारमा ग्यासको अभाव देखिए पनि केही पसलमा ग्यास सिलिन्डर मौज्दात रहेको पाइएको छ।

कुश्मा नगरपालिका–स्थित प्रगति चोकमा रहेको स्नेहा किराना पसलमा सोमबार मात्रै करिब ४० वटा ग्यास सिलिन्डर अन्यत्र सारिएको पाइएको छ। पसलमा ग्यास उपलब्ध हुँदाहुँदै उपभोक्तालाई बिक्री नगरी अन्यत्र सारिएको भन्दै स्थानीय उपभोक्ताले गुनासो गरेका छन्।

विज्ञापन

ग्यास लिन पुगेका यसै अनलाइनका सम्पादक गणेश पौडेललाई समेत पसल सञ्चालक डाँसिराम अधिकारीले ग्यास दिन आनाकानी गरेका छन्। सञ्चालक अधिकारीले आफूले राखेको ग्यास पहिल्यै उठिसकेको भन्दै पौडेललाई ग्यास उपलब्ध गराउन नसकिने बताएका थिए।

बजारमा ग्यासको माग बढिरहेको अवस्थामा उपभोक्ताले सहज रूपमा ग्यास पाउन नसक्नु र पसलमा रहेका सिलिन्डर अन्यत्र सारिनुले बजारमा कृत्रिम अभाव सिर्जना गरिएको हुन सक्ने आशंका बढेको छ।

यता, जिल्ला प्रशासन कार्यालय पर्वतका सहायक प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद पौडेलले ग्यासको नियमित अनुगमन भइरहेको बताउनुभएको छ। उहाँका अनुसार खाली सिलिन्डर लिएर ग्यास लिन आउने उपभोक्तालाई प्राथमिकताका आधारमा ग्यास वितरण गर्नुपर्ने व्यवस्था छ।

“ग्यास वितरणमा समस्या भएको वा उपभोक्तालाई ग्यास नदिएको सम्बन्धमा गुनासो आएमा आवश्यक छानबिन गरी कारबाही गर्छौं,” सहायक प्रजिअ पौडेलले भन्नुभयो।

प्रशासनले बजारमा ग्यासको वास्तविक अवस्था, मौज्दात, वितरण प्रणाली तथा व्यवसायीले उपभोक्तालाई गरेको व्यवहारबारे प्रभावकारी अनुगमन गर्नुपर्ने देखिएको छ। उपभोक्ताले सहज रूपमा ग्यास पाउने वातावरण बनाउन सम्बन्धित निकायले तत्काल बजार अनुगमनलाई तीव्रता दिनुपर्ने मागसमेत गरेका छन्।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै