• होमपेज
  • राष्ट्रिय महिला लिगको पहिलो चरणका खेल चितवनमा हुने
खेलकुद

राष्ट्रिय महिला लिगको पहिलो चरणका खेल चितवनमा हुने

काठमाडौं । राष्ट्रिय महिला फुटबल लिगको पहिलो चरणका खेल चितवनमा हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले प्रतियोगिता चैतको दोस्रो साता आयोजना गर्ने जनाएको छ ।

पहिलो चरणको खेल चितवनमा गर्नका लागि एन्फाले भरतपुर महानगरपालिकासँग सम्झौता गरेको छ । एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पा र भरतपुर महानगरपालिकाका मेयर रेणु दाहालले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।

विज्ञापन

सम्झौताअनुसार मैदानको मर्मत सम्भार र व्यवस्थापनको खर्च भरतपुर महानगरपालिकाले व्यहोर्ने छ । पहिलो चरणका खेलहरू ७ र १९ नम्बर वडाको मैदानमा हुनेछ । महिला लिगमा ८ टिमको सहभागिता रहनेछ ।

लिगमा एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, विराटनगर महानगरपालिका, वालिङ नगरपालिका, चन्द्रपुर नगरपालिका, धनगढी उपमहानगरपालिका र ललितपुर महानगरपालिकाको सहभागिता रहने छ ।

धनगढी र ललितपुर उपमेयर कप राष्ट्रिय महिला लिग छनौट प्रतियोगिताबाट राष्ट्रिय लिगका लागि छनोट भएको हो । छनौटमा धनगढी च्याम्पियन बनेको थियो भने ललितपुर उपविजेता बनेको थियो ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook