• होमपेज
  • माडीबाट प्रचण्डको दावी- केन्द्रमा कायापलट हुँदैछ
Breaking News

माडीबाट प्रचण्डको दावी- केन्द्रमा कायापलट हुँदैछ

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केही दिनमै नयाँ सरकार गठन हुने दावी गरेका छन् ।

चितवनको माडीमा कार्यकर्तालाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘केन्द्रमा नयाँ कायापलट हुँदैछ । अब धेरै दिन सरकार टिक्ने छैन । कर्णालीमा देखिहाल्नुभो । केही दिनभित्रै नयाँ समाचार सुन्नुहुनेछ ।’

विज्ञापन

नयाँ सरकार आएपछि नयाँ युगको शुरूआत हुने प्रचण्डको भनाइ थियो । हिजो असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध उभिएका सबै राजनीतिक दलहरू मिलेर जनपक्षीय सरकारमा जान जरुरी रहेको उनले औंल्याए ।

गणतन्त्रमाथि हमला गर्ने दुस्साहस भइरहेको भन्दै दाहालले भने, ‘७० वर्ष लामो आन्दोलनका उपलब्धिमाथि प्रतिक्रियावादी शक्तिहरू इतिहासको चक्कालाई पछाडि धकेल्न खोज्दैछन् ।’

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

Like us on facebook