काठमाडौं। सरकारले कात्तिक मसान्तसम्म सीमानाका बन्द गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले कोरोना भाइरसको जोखिमलाई दृष्टिगत गरी ३० कात्तिकसम्म सीमानाका बन्द गर्ने निर्णय गरेको हो ।
देशभित्र कोरोना जोखिम बढेपछि सरकारले सीमानाका बन्द गर्ने निर्णय गरेको एक मन्त्रीले बताए । सरकारको निर्णयसँगै दशैं र तिहारमा सीमापारीबाट घर आउन चाहने नेपाली समस्यामा पर्न सक्छन् । विशेषगरी भारत पुगेकाहरु फर्कन निकै समस्या भोग्नुपर्ने हुनसक्छ ।
विज्ञापन
फेसबुक प्रतिक्रियाहरु